बैद्य क्रान्तिकारीद्वारा शिक्षकले विद्यार्थी लाई बम बनाउन प्रयोग गरेको घटनाको छानबिनको माग


कञ्चनपुर : अखिल क्रान्तिकारी(बैद्य समुह)ले कञ्चनपुरको बेदकोट नगरपालिका २ बसन्थलामा शिक्षकले विद्यार्थीलाई बम बनाउन प्रयोग गरेको घटनाको छानबिनको माग अघि सारेको छ । बैद्य समुहको अखिल क्रान्तिकारीले बेदकोट नगरपालिका २ बसन्थलामा कैलालीका शिक्षक हरेन्द्र भण्ण्डारीले कञ्चनपुरका विद्यर्थी रुपेश धामीलाई बम बनाउन प्रयोग गरेको घटनाको छानबिनको माग अघि सारेको हो ।

बैजनाथ मावि जडेपानी कक्षा १०मा अध्ययनरत विद्यार्थी रुपेशको बिस्पोटक पदार्थ पटकीय गम्भिर घाईते भएकोले उपचारका ध्यान दिन आब्हान गरेको छ । शिक्षक भण्डारीले आँपखेतीमा आउने जनावर चराचुरुङ्गी धपाउन बिस्पोटक पदार्थ बनाउन नाबालक विद्यार्थी रुपेशलाई प्रयोग गरेर एकातिर बाल अधिकार अर्कातिर गैर कानुनी काममा लगाएको जनाएको छ । विद्यार्थीमाथि यत्रो घटना हुँदा समेत बेदकोट नगरपालिका शिक्षा शाखा सहितका निकाय गम्भिर नहुन दुखत विषय भएको क्रान्तिकारीको ठहर छ । शिक्षक भण्डारीले विद्यार्थी धामीलाई बम बनाउन बिस्पोटक पदार्थ बनाउने क्रममा घाईते भएका विद्यार्थीको भारतको गायत्री अस्पतालमा उपचार भईरहेको छ ।

घाईतेको उपचार मात्रै नभई भविष्य नै बनाउने तर्फ सम्बन्धीत निकाय जिम्मेबार बन्नुपर्नेमा जोडदिएका छन । क्रान्तिकारीले घटनाको छानबिन गरेर दोषिमाथि कार्बाही उपचार गरेर बालकको ज्यान जोगाउनुको साटो शिक्षकको उक्त कर्तुत लुकाउन उद्यत भएको समेत आरोप लगाएको छ । अखिल क्रान्तिकारीका कञ्चनपुरका संयोजक बिरेन्द्र नाथद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तीमा घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही नगरिए आन्दोलनको चेतावनी दिएको छ । विद्यार्थीलाई पढाउने शिक्षकले बम बनाउन प्रयोग गरेको यो घटनाको चौतर्फि आलोचना एव भत्र्सना भईरहेको छ । दुवै हात क्षतिविच्छेत भएपछि धामीको घर परिवारमा रुपेशको भविष्यलाई लिएर चिन्ता प्रकट गरिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img