कंचनपुर : कंचनपुर जिल्ला भिमदत्त नगरपालिका वा न ६ ऐठपुर निवासि नवप्नतिभा पब्लिक स्कुलका प्रिन्सिपल वीर बहादुर चन्दले छाेरि बेबिका चन्द लाई जन्मदिनको अवसर पारेर नेशनल लाईफकाे बाल अमृत ३ बीमा पाेलिसि उपहार दिनु भएको छ। छाेरिकाे जन्मदिनमा फजुल खर्च नगरि छाेरिकाे उच्च शिक्षाका लागि भन्दै नेशनल लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेड बाट रु २० लाख बिमाङ्ककाे बाल अमृत ३ बिमा पाेलिसि उपहार दिएर जन्मदिन मनाउनु भएको छ।

कम्पनीको महेन्द्रनगर शाखा कार्यालयमा एक कार्यक्रमका बिच शाखा प्रमुख नवीन किशाेर भट्ट र प्रमुख व्यवशाय प्रबन्धक राजेन्द्र बहादुर चन्दकाे उपस्थितिमा छाेरि लाई बीमा पाेलिसि उपहार दिनु भएको छ। प्रिन्सिपल चन्द भन्नू हुन्छ, नेशनल लाईफ नेपालकाे पहिलाे र अग्रणि बिमा कम्पनी हुनुका साथै लामाे समय बाट बिमित लाई गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेकाे विस्वासीलो कम्पनी भएकोले मेराे राेजाईमा नेशनल लाईफ परेकाे हाे।

छाेरिकाे उज्ज्वल भविष्यका लागि भन्दै उहाले साे बिमा पाेलिसि उपहार स्वरुप दिनु भएको हाे। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालकाे पहिलाे अग्रणी जीवन बीमा कम्पनी हाे। नेपाल सरकारकाे पुर्ण स्वामित्व प्राप्त राष्ट्रिय बाणिज्य बैक प्रवर्द्धक रहेकाे कम्पनीको बाेनस दर पनि सर्वाधिक रहेकाे छ। जीवन बीमा आफू रहुन्जेल आफ्नाे लागि र आफू नरहेकाे खण्डमा परिवारका लागि हुने प्रमुख आर्थिक सुरक्षा कवच हाे भन्नू हुन्छ कम्पनीका प्रमुख व्यवशाय प्रबन्धक राजेन्द्र बहादुर चन्द।







