कृष्णपुरमा नागरिकसँग मेयर कार्यक्रम


खडक ब. काेली/ कृष्णपुर : कृष्णपुर नगरपालिका कञ्चनपुर गुलरियाले नागरिकसँग मेयर कार्यक्रम तीव्ररूपमा गर्दै आइरहेको छ। ९ वटै वडाका जनताहरूको घरघरमा गएर विशुद्ध सेवा दिइरहेको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेम राज ओझाले बताएका छन।

अहेवा .एच. ए. लगाएत १० जना स्वास्थ्यकर्मीकाे टाेली जन्ताकाे घरदैलाेमा गएर क्यान्सर, खाेप, परिवार नियाेजन, अपाङ्गता, दीर्घ रोग पहिचान नियन्त्रण , प्रेसर, आङखसेका महिलाहरुकाे उपचार गदै आईरहेकाे नगर प्रमुखओझाले बताएका छन्। कृष्णपुर नगरपालिकाका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक रतनसिंह बिष्टले जेठ ५ गते देखि सञ्चालन गरेको नागरिकसँग मेयर कार्यक्रमले सामुदायिक स्वास्थ्यकर्मीद्वारा घर भेट कार्यक्रममा गर्ने र रोग प्रकोपको स्थितिबारे जनचेतना दिने नसर्ने रोगहरूको रोकथाममा टेवा पुर्याउने यस कार्यक्रमको उद्देश्य रहेको बताए।

गत वर्ष ८ हजार१ सय ४९ जना सेवाग्राहीहरुले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख बिष्टले बताए। थप उपचारका लागि सेति अञ्चल अस्पताल धनगढीमा मा पठाएकाे छ भने याे कार्यक्रम अषाढ २३ गते सम्म सञ्चालन गरिनेछ जनाईएकाे छ।


Loading Viewer...

ताजा समाचार

spot_img