एसएसपी विष्टद्वारा जिल्ला प्रहरी कार्यालय कैलालीको अनुगमन


कञ्चनपुर,: नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्टले जिल्ला प्रहरी कार्यालयको स्थलगत अनुगमन गरेका छन ।  सीमावर्ती जिल्ला एव सुप प्रदेश मुकाममा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीको एसएसपीले स्थलगत अनुगमन गरेका हुन ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार एसएसपी विष्टले शुक्रबार जिप्रका कैलाली कार्यालयको स्थलगत अनुगमन गरेका छन ।

एसएसपी विष्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदम विष्ट, डिएसपी कविन्द्र बोहरा सहितका प्रहरी अधिकृत एव कर्मचारीले स्वागत गरेका थिए । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा अपराध अनुसन्धान शाखामा कार्यरत एसएसपी विष्टले बिहीबार कञ्चनपुरको ईलाका प्रहरी कार्यालय बेलडाँडी, बेलौरी र त्रिभुवनबस्तीको स्थलगत अनुगमन गरे लगत्तै कैलालीको समेत गरेका छन ।
भारतबाट आउने लागु औषध, चोरी तस्करीदेखि चुनौतीपुर्ण क्षेत्र भएकाले एसएसपी विष्टले कार्यालयको आन्तरिक अनुगमन गरेको प्रहरी प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

अनुगमनका क्रममा एसएसपी विष्टले तीनै ईप्रका इन्चार्जदेखि प्रहरी कर्मचारीहरुलाई चोरी तस्करी, राजस्व चुहावट अपराध न्यूनिकरण र आउँदै गरेको मनसुनको आवश्यक तयारी एव हाईअलट बस्न निर्देशन दिएका छन । संगठन र सरकारले दिएको जिम्मेबारी अनुरुप आ–आफ्नो कार्य क्षेत्रमा हुने अपराध न्यूनिकरण गर्ने सुन्य सहनशिलताको नीति अनुुरुप काम गर्न समेत निर्देशन दिएका छन । जनतालाई मुस्कान सहितको सेवादेखि प्रहरीदेखेर जनता सुरक्षित भएको महसुुस हुनुपर्ने तस्कर, अपराधी समुह थरथर काप्नुपर्ने गरेर आफुलाई प्रस्तुत गर्न समेत निर्देशन दिएका छन । एसएसपी विष्टले आउँदै गरेको मनसुनलाई समेत मध्य नजर गर्दै नेपाल प्रहरीले आ–आफ्ना युनिटलाई हाईअलटमा राख्दै विपदको पुर्व तयारी, उद्दारका कार्यमा खटिन तयारी अघि बढाउन निर्देशन दिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img