बेदकोट चुरे क्षेत्रको पतरिया नदीमा तटबन्ध


कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका उत्तरी चुरे भएर बग्ने पतरिया नदीमा तटबन्ध निर्माण गरिएको छ । बेदकोट नगरपालिका २ पतरिया नदीमा तटबन्ध निर्माण गरिएको हो । पतरिया नदी तटबन्ध निर्माण समितिका उपाध्यक्ष दिपक राज जोशीले नदीको कटानी स्थानीयका खेततर्फ हुँदै गएपछि तटबन्ध निर्माण गरिएको बताए । उनका अनुसार चुरे सञ्जाल नेपालले झण्डै १ सय मिटर तटबन्ध निर्माण गरेको बताए ।

स्थानीय समेत रहेका जोशीले तटबन्ध केही थप गर्नुपर्ने बताए । ‘यो मात्रै तटबन्धले हामीहरुको पुरै खेत सरक्षण हुन चुनौती हुन्छ, ‘यस अघि भत्किएकै ठाँउसम्म तटबन्ध निर्माण गरिनुपर्छ ।’ उनका अनुसार सुरेन्द्र कुँवर, दानसिह साउद, हर्क ठगुन्ना सहितका ८/१० जना स्थानीयको खेत रहेको छ । चुरे सरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवरले खेतीयोग्य जमिन सरक्षणका लागि पश्चिम तराई भूपरीधी कार्यक्रम र बेदकोट २ वडा कार्यालयसंग साझेदारीमा तारजालीको तटबन्ध निर्माण गरिएको बताए । उनका अनुसार चुरे भएर बग्ने नदीले तटिय क्षेत्रमा रहेका जनताको घरखेत जोखिममा पारेको हुँदा नदी नियन्त्रण, भूक्षयिकरण रोक्नका साथै नागरिकको सुरक्षाका लागि तटबन्ध निर्माण गरिएको बताए ।

बेदकोट नगरपालिका २का वडाध्यक्ष नरेश सिहले थप तटबन्ध निर्माणका लागि पहल गर्ने बताए । ‘अहिले हाम्रो वडा र चुरे सरक्षण सञ्जालसंगको सहकार्यमा यतिसम्म तटबन्ध निर्माण गरेका छौँ, ‘उनले भने, ‘नदीले कटानी गरेकै स्थानसम्म थप तटबन्ध निर्माण लागि पहल गछौँ ।’


Loading Viewer...

ताजा समाचार

spot_img