महेन्द्रनगर: कंचनपुर मा पहिलो पटक नेपाल मोबाईल व्यवसायी महासंघको अध्यक्षमा स्काइ मोबाइल हाउस महेन्द्रनगरका संचालक रमेश चन्द निर्बिरोध चयन भएका छन ।

नेपाल मोबाइल व्यवसायी महासंघ सुदुर पश्चिम् प्रदेस अध्यक्ष सुरेस सापकोटा प्रमुख अतिथी लगायत विशिष्ट अतिथि प्रदेशकै प्रथम उपाध्यक्ष गङगा प्रसाद निरौला,महासचिव सुभाष बम, सचिव दिपक भट्ट ,कोसाध्यक्ष हिमाल लम्साल र प्रदेस सदस्य धर्मराज जोशी को उपस्थिति रहेको कार्यक्रममा कंचनपुर महासंघका उपाध्यक्ष रामचन्द्र पाण्डेयले स्वागत मन्तव्य राख्दै प्रदेस महासचिव सुभाष बमले भेलाको उधेस्यमा प्रकास पार्दै मन्तव्य राखेका थिए ।

मोवाइल फोन बिक्री वितरण गरिरहेका कंचनपुर जिल्लाका ब्यवसायीहरुको भेलाबाट नेपाल मोवाइल ब्यवसायी महासंघ कंचनपुर समिती गठन गरिएको हो । सोमबार कंचनपुरको भिमदत्तको भेलाबाट समितिलाई पुर्णता प्रदान गरिएको हो । महासंघले मोवाइल ब्यवसाय गरिरहेका ब्यवसायीहरुको ज्ञान सिप र क्षमता अभिबृद्धी गर्नुका साथै मोवाइल ब्यवसाय गरिरहेका ब्यवसायीहरुका समस्याहरुको समाधानका लागि पहल गर्ने बताइएको छ । महासंघले मोवाइलका नविनतम् आयमहरुको विकास र बिस्तारका क्षेत्रमा समेत कार्य गर्ने बताइएको छ ।

त्यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा चक्र अवस्थि, उपाध्यक्ष रामचन्द्र पाण्डेय,महासचिवमा उमेश राज ओझा, सचिवमा सुरेन्द्र साउद, कोषाध्यक्ष राजन टुकरिया, सहकोषाध्यक्षमा योगेन्द्र भन्डारा, वरिष्ठ सदस्य कविता बराल र सदस्यहरुमा कृष्ण बहादुर राना,राजेन्द्र भट्ट,अनिल कुमार चौधरी,शिद्धराज भट्ट,युभराज भट्ट,राजेन्द्र धामी,सुर्य नारायण जोशी,केसब गिरि,जनक सिंह,नवराज जैशी,धर्मदेव आचार्य,श्याम सुनार,उपेन्द्र ओझा,भिम बिष्ट,प्रकाश गिरि,राम सिंह महरा र वासुदेव पाण्डेय लगायतको समिति सर्वसम्मत चयन गरिएको हो । नेपाल मोवाइल ब्यवसायी महासंघले जेष्ठ २५ गते काठमाडौमा दाेस्राे महाधिबेशन तथा तेस्राे साधारणसभा आयोजना गर्न लागेकोमा प्रतिनिधि सहभागी गराउनका लागि समेत निर्णय गरेको छ ।






