कञ्चनपुर : नगर बिकास समितिको अतिक्रमीत जग्गा खाली गराउने अभियान पुरानो बसपार्क भि.न.पा -४ बाट शुरुवात गरेकाे छ । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदम राज अवस्थीले पुरानो बसपार्कमा रहेका अवैध रूपमा निर्माण गरिएका संरचनाहरू भत्काउने काम सुरु गरेकाे बताएका छन्।
मानिसहरू बसेका संरचनाहरू सात दिनभित्र आआफ्नो सामान लगि खालि गर्न निर्देशन दिएको बताए। ७ दिनभित्र पनि खाली नगरेकाे खण्डमा डोजर लगाएर भत्काउने याेजना रहेकाे बताए । भीमदत्त नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुशील कुमार भट्टले पुरानो बसपार्कमा अवैध संरचनाहरू बनाएर बेवारिसे भवनहरू भत्काउन लागेको बताएका छन।
नगरपालिकाले नगर विकास नगरपालिकाभित्र रहेका अवैध रूपमा रहेका संरचनाहरू यस भन्दा अगाडि पनि भत्काउँदै आइरहेको अध्यक्ष भट्टले बताए ।






