कञ्चनपुर : सुदूरपश्चिम पैरवी महिला सञ्जाल कञ्चनपुरका महिला अगुवाहरुलाई कानुनी साक्षरता तालिम दिईएको छ । सञ्जिवनी नेपालले टेवा संस्थाको आर्थिक सहयोगमा सुदूरपश्चिम पैरवी महिला सञ्जाल कञ्चनपुरका महिला अगुवाहरुलाई कानुनी साक्षरता तालिम दिईएको हो । सञ्जिवनी नेपालका कार्यकारी निर्देशक नितु भट्टले महिला सञ्जालका महिला अधिकारकर्मीहरुलाई जिल्ला स्तरिय कानुनी साक्षरता तालिम दिएको बताईन ।
सञ्जिवनीका कार्यकारी निर्देशक भट्टले महिलाहरुलाई कानुन बारे जानकारी गराउँदै समुदाय स्तरमा महिलाका सवाल वकालत गर्दै महिला अधिकार एव महिला हिन्सा न्यूनिकरणका लागि उनीहरुलाई कानुनी विषय बारे तालिम दिईएको बताए । ‘तालिम लिएका अधिकाँस महिला भीमदत्त नगरका अधिकाँस वडाहरुबाट ३ देखि ५ सम्म आएका थिए, ‘तालिम लिईसकेपछि उनीहरुले आ–आफ्नो वडा स्तरमा समेत कक्षा संचालनदेखि महिलाका सवालमा पैरवी गर्नेछन ।’ तालिम लिएका पैरवी महिला सञ्जालका महिला अगुवाहरुले तालिमबाट थप महिलाका सवालका विषयमा जानकारी पाईएकाले भावि दिनमा थप अधिकारका क्षेत्रमा कामकाज गर्न सकिने बताएका छन ।
कानुन अधिकृत बिरेन्द्र बहादुर सिहले प्रशिक्षण दिएका थिए । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरका उपप्रमुख निलम लेखकले महिलाको शसक्तिकरणका लागि पालिकाबाट भावि दिनमा सहयोग आवश्यक योजना, कार्यक्रम बजेट विनियोजन गर्ने बताईन । बिशिष्ठ अतिथि समेत रहेका भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले महिला अधिकारका क्षेत्रमा आवश्यक योजना ल्याउने बताए । तालिममा ९० महिलाहरुको सहभागिता रहेको थियो ।






