कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुर अन्तर्गत इलाका प्रहरी कार्यालयले अन्दाजी डेढलाख मुल्य बराबरको भन्सार छलीका सामन बरामद गरेको छ ।

शुक्रबार ईलाका प्रहरी कार्यालय गड्डाचौकी र परासन बाट गरी दुवै स्थानबाट अन्दाजी डेढलाख मुल्य बराबरको भन्सार छलीका समान बरामद गरेको हो जसमा चिनी, मिश्री, दाल, टिसर्ट, मटर, खुर्सानी, प्याज, पेय पदार्थ, मिठाई र विडी फेला पारको हो ।

उक्त विभिन्न स्थानमा बरामद गरिएको समान भन्सार छलीका सामान भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।







