महेन्द्रनगर : क्रान्तिकारी कम्युनिष्ट पाटीले महेन्द्रनगर नगर विकास समितिको जमिन अतिक्रमण गर्ने ठुला अतिक्रमणकारी माथि कार्बाही गर्न माग अघि सारेको छ । क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरले महेन्द्रनगर नगर विकास समितिको जमिन अतिक्रमण गर्ने ठुला अतिक्रमणकारीमाथि कार्बाही गर्न माग अघि सारेको हो । क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले बुधबार जिल्ला पाटीले प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै नगर विकास समितिको जमिन अतिक्रमण गरेका ठुला व्यक्तिमाथि कार्बाहीको माग अघि सारेको बताए ।

उनका अनुसार होटल ओपेरा,भानु पाटी पैलेश, काष्ठ मिल सहितका राजनीतिक दलमा आबद्ध नेता कार्यकर्ताहरुले नगर विकास समितिको जमिन ओगटेर बनाएका संरचना हटाउन सरकारको ध्यानाकर्षण गराईएको छ । क्रान्तिकारी कम्युनिष्ट पाटीले यस अघि नगर विकास समितिको जमिन घोटाला काण्डमाथि छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेर आमशरण अनसन, मोसोदल्नेदेखि थुप्रै पटक दवावमुलक संघर्षका कार्यक्रम गरेको थियो ।

क्रान्तिकारी कम्युनिष्ट पाटी जिल्ला संयोजक सित्त सहितका नेता कार्यकर्ताहरुले प्रजिअ अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए । क्रान्तिकारी कम्युनिष्ट पाटीको ज्ञापन पत्र बुझाउदै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले सरकारी अतिक्रमण जमिन खाली गराउने कामकाज अघि बताए ।







