दोधारा चाँदनी नगरपालिकाले आगलागीबाट गहुँबाली नोक्सान भएका १९ घर परिवारलाई राहत दिने


दोधारा । दोधारा चाँदनी नगरपालिकाका १९ अग्निीपिडत घरपरिवारलाई राहत दिने भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय नगर विपद् व्यवस्थापन समितिको एक बैठकले दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजार नजिक सचिव टोलका १९ घरपरिवार अग्निपिडितलाई राहत दिने निर्णय भएको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् फोकल पर्सन रघुनाथ भट्टले जानकारी दिएका छन् । गएको ६ गते बिद्युत तार एकआपसमा ठोक्किएर आगलागी हुदा १० बिघाह खेतमा लगाएको किसानहरुको गहुवाली नष्ट भएको थियो ।

विपद् व्यवस्थापन समितिको आजको बैठकले आगलागी भएको गहुँवाली प्रति कट्टा जग्गाको रु. १५ सय दरले राहत दिने भएको हो । केही दिन अघि दोधारा चाँदनी नगरपालिका कार्यालयले गहुँवाली आगोले क्षती भएको १९ जना किसानहरुलाई प्रति घरपरिवार रु. ५ हजार तत्काल राहत रकम बैंक मार्फत उपलब्ध गराएको हो । प्रति कट्टा गहुँवाली नष्ट भएका घरपरिवारलाई क्षती भएको गहुँ खेतीको राहत रु. १५ सयको दरले राहत बितरण गरिने भएको बताईएको छ् ।

सन्तोष बहादुर मगर, पदम बहादुर मगर, कौशिला मगर, सुनिता मगर, जानकी देबी खड्का, चन्द्र बहादुर सुनार, सुमित बहादुर सुनार, केशव प्रसाद बराल, सन्जु देबी ठाकुर, बिर सिंह सुनार, शिवु देबी सुनार, शान्ता क्षेत्री, लोक बहादुर सुनार, दिपा देबी मगर, चन्द्रा खड्का, नन्द बहादुर सुनार, शोभा देबी पुन मगर, लाल बहादुर पुन मगर र सुर्जा देवी सुनारको आगोले गहुँ र भुस पुर्णरुपमा नष्ट भएको थियो ।


ताजा समाचार

spot_img