शुक्लाफाँटा: नेपाली कांग्रेस शुक्लाफाँटा नगर कमिटिले प्रथम नगर सम्मेलन सम्पन्न गरेकाे छ।आईतवार शुक्लाफाँटा नगरपालिकाकाे वनसमेतिमा १४औं महाधिवेशन पश्चातकाे प्रथम नगर सम्मेलन सम्पन्न गरेकाे छ।नेपाली कांग्रेस का केन्द्रिय सदस्य एवं पुर्व परराष्ट्रमन्त्री एनपि साउदकाे प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे।कार्यक्रममा सम्वाेधन गर्दै प्रमुख अतिथि साउदले सरकार संचालनका लागि स्पष्ट वहुमत नहुदा गठवन्धन वन्ने र भत्किने अस्तिर खेलका कारण साेचेजति विकासकाे काम नभईरहेकाे वताए।

उनले भने पाँच बर्सका लागि वनेकाे गठवन्धन विचैमा भत्किएर मुलुकमा अस्तिरता भईरहेकाे छ।स्थायि सरकार नहुदा मुलुक आर्थिक संकटकाे अवस्थामा जाने खतरा देखिदै गएकाे प्रती आशंका गरे शुक्लाफाँटाकाे विकासका लागि आफुले कुनै कसर वाकि नराख्ने वताए एडिविकाे वाँकि रहेकाे रकम यसपालिकाे वजेटमा राखेर एडिविले काम गर्नेछ भने अन्य विकास निर्माणका काम पनि समयमै सम्पन्न हुने पुर्व मन्त्री साउदले वताए।कार्यक्रममा नेता कार्यकर्ताले आफना सुझाव सल्लाह संगै पार्टीले गरिरहेका कार्यको प्रस्न हरू राखेका थिए।

उक्त कार्यक्रमको सभापतित्व नगर सभापति दान सिंह ऐरले गरेका थिए।कार्यक्रममा सुप प्रदेश सभा सदस्य वाहादुर सिंह थापा,गिता चाैधरि, पार्टीको सुप प्रदेश कमिटि, जिल्ला कमिटि देखि वडा कमिटिका पदाधिकारी,कांग्रेस वाट निर्वाचित जन प्रतिनिधि लगायतकाे उपस्थिति रहेकाे थियाे।नगर सम्मेलन कार्यक्रमको संचालन नगर सचिव हरेन्द्र कुमार भण्डारीले गरेका थिए।







