दोधारा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल यति बेला दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सक्रिय देखिएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा राष्ट्रिय युवा संघ नेपालले बिभिन्न सामाजिक कार्यमा सक्रियता जनाउदै आएको छ् । राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीमा बिनोद चौधरीले नेतृत्व सम्हाले संगै नगर क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल सक्रिय देखिएको हो । सामाजिक कार्य गर्ने क्रममा दोधारा चाँदनी नगरपालिका– ९ बडुवाल टोल निवासी वर्ष अन्ताजी ४० का धन बहादुर सुनारको उपचारको लागी राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनी उपचार रकम संकलन कार्य सुरु गरेको छ् । राष्ट्रिय युवा संघ नेपालका पुर्व केन्द्रिय सदस्य रामसिंह खड्काको नेतृत्वमा दोधारा चाँदनीको बिभिन्न स्थानमा पुगेर रकम संकलन गरिएको राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीका नगर अध्यक्ष बिनोद चौधरीले जानकारी दिएका छन् । धन बहादुर सुनार झण्डै ४ महिना देखि आन्द्रको समस्याले ग्रसित भएका छन् ।


उपचारमा झण्डै १४ लाख बढी खर्च भएर उपचार रकममा समस्या देखिएको कारण उपचारमा सघाउ पुग्ने उद्धेश्यले राष्ट्रिय युवा संघ नेपालका पुर्व केन्द्रिय सदस्य रामसिंह खड्काको नेतृत्वमा धन बहादुर सुनारको उपचारको लागी उपचार रकम संकलन सुरु गरिएको राष्ट्रिय युवा संघ नेपालका पुर्व केन्द्रिय सदस्य रामसिंह खड्काले जानकारी दिएका छन् । दोधारा चाँदनीका स्थानिय, कर्मचारी, जनप्रतिनिधीहरुलाई उपचारमा सहयोगको याचना गर्दै उपचार रकम संकलन गरिएको केन्द्रिय सदस्य खड्काले बताए । ‘आर्थिक अवस्था निकै दैनिय रहेका भिम सुनारजीको उपचारको लागी साथीहरुको सल्लाहबाट रकम संकलन सुरु गरेका हौ’ राष्ट्रिय युवा संघ नेपालका पुर्व केन्द्रिय सदस्य रामसिंह खड्काले भने । आज एक दिनमा युवा संघ नेपालले रु. ३५ हजार २ सय ७५ रुपिँया उपचार रकम संकलन गरेको राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीमा बिनोद चौधरीले बताएका छन् ।

‘संकलित उपचार सहयोग रकम चाडै भिम बहादुर सुनारजीको घरपरिवारलाई हस्तान्तरण गर्ने तयारीमा छौं’ राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीमा बिनोद चौधरीले भने । आन्द्रमा समस्या भएका भिम बहादुर सुनारको धनगढी स्थित एक अस्पतालमा उपचार भईरहेको बताईएको छ् ।

उपचार रकम संकलनमा राष्ट्रिय युवा संघ नेपालका पुर्व केन्द्रिय सदस्य रामसिंह खड्का, राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीमा बिनोद चौधरी, युवा संघका जिल्ला सदस्य किशोर आग्री, नेकपा एमाले दोधारा चाँदनी– ९ वडाका उप–सचिव भक्त बहादुर रावत, स्थानिय युवा नविन गुरुङ्ग लगाएको उपस्थिती रहेको थियो ।






