कञ्चनपुर : नेपाल सरकारले सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमको उपकुलपतिमा प्रा.डा हेमराज पन्तलाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । टियु आईओई पुल्चोक क्याम्पसका प्राध्यापक रहेका प्रा.डा पन्तको पहिलो स्थानमा नाम सिफारिस भए सगै उनी सुदूरपश्चिम विश्वविद्यालको उपकुलपतिमा नियुक्त भएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति (भिसी) को लागि पन्तसहित ३ जनाको नाम सिफारिस भएको थियो । (मंगलबार) विश्वविद्यालयको उपकुलपति छनौट समितिले प्रा.डा. हेमराज पन्त, प्रा.डा. अक्कल देव मिश्र र प्रा.डा. भावनीदत्त जोशीको नाम कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको थियो । सोही सिफारिस मध्येका पन्तलाई प्रचण्डले आज (बिहीबार) उपकुलपति नियुक्त गरेका हुन् । उनी सुदूरपश्चिम विश्वविद्यालय स्थापन भए पछि चौथो भिसी हुन् ।







