सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना सन्तान सरकारी स्कुलमा भर्ना गरौैँ ः बैद्य क्रान्तिकारी


कञ्चनपुर,: बैद्य निकट अखिल क्रान्तिकारीले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गर्न माग अघि सारेर रेड ब्यानर टाँसेको छ ।
क्रान्तिकारीले आइतबार महेन्द्रनगरको मुख्य भिडभाँड हुने मदन चोकमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गर्न माग अघि सारेर रेड ब्यानर टाँसेको हो ।

बैद्य निकट क्रान्तिकारीले सामुदायिक विद्यालय सुधारका लागि भन्दै नेपाल सरकारबाट सम्पूर्ण कर्मचारी जनप्रतिनिधी, राजनीतिककर्मी, सुरक्षाकर्मी, समाजसेवी बुद्धिजिवी पत्रकार विभिन्न संघ संस्थामा आबद्ध व्यक्तिहरुले आफ्ना सन्तान अनिवार्य सरकारकै लगानीमा रहेका विद्यालयमा भर्ना गर्न माग अघि सारेको छ । सरकारी विद्यालयका शिक्षक सहित जिम्मेबार सरोकारवाला व्यक्तिहरुले आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गरेर स्वत विद्यालयको स्तर बृद्धि हुने राज्यको लगानी समेत सदुपयोग हुने जनाएको छ ।

यस अघि बैद्य क्रान्तिकारीले शिक्षामा भईरहेको कमिसनतन्त्र हटाउन समेत माग अघि सार्दै आएको छ । सामुदायिक विद्यालयले अनाहकमा शुल्क लिने, निजीले शुल्क बृद्धि, किताब, कापी, शैक्षिक समाग्री यूनिफममा समेत कमिसन लिने कार्यले शिक्षा क्षेत्रमा पुर्ण व्यापारीकरण बनिरहेको भन्दै सो कार्य नगर्न अनुरोध आएको छ । शैक्षिक बेथिति बिरुद्धमा क्रान्तिकारीले निर्मम कदम चाल्न बाध्य रहेको समेत बैद्य क्रान्तिकारीको चेतावनी छ ।


Loading Viewer...

ताजा समाचार

spot_img