कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा फेरी एक अर्को फिट ट्वान्टीफोर फिटनेस जिमहल खुलेको छ । भीमदत्त नगरपालिका १८ क्याम्पस रोड महेन्द्रनगरमा फिट ट्वान्टीफोर फिटनेस जिमहल खुलेको हो । स्थानीय युवा पन्त दाजुभाईद्वय लक्ष्मी पन्त, केशव पन्तले उक्त जिमहल संचालनमा ल्याएका हुन ।

झण्डै ७/८ बर्ष भारतमा फिटनेसगर्दै बोडिबिल्डर्सका गोल्डमिडिलिष्ट लक्ष्मी पन्तले स्वदेशमै युवाहरुको स्वास्थ्य सुधारका लागि भन्दै फिटनेस संचालनमा ल्याएको बताए । उनले ग्राहकको चाहना अनुरुप फिटनेस गरिने बताए । युवाहरुको स्वास्थ्य सुधारका लागि उक्त जिमहल संचालनमा ल्याएको बताए ।

फिट ट्वान्टीफोर फिटनेसका संचालक केशव पन्तले बिहान ५ देखि १० सम्म पुरुष, १०देखि १२ महिला र दिउँसो साढे तीन बजेदेखि कक्षा संचालन हुने बताए । न्यूनतम शुल्कमा बोडी विस्तार गरिनेछ ।







