एमाले कञ्चनपुरको उपाध्यक्ष, सचिव र उपसचिवका लागि उम्मेदवारी दिएका नेताहरु जिल्ला सदस्यमा चयन

कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरको उपाध्यक्ष, सचिव र उपसचिवमा उम्मेदवारी दिएका नेता कार्यकर्ताहरुलाई सदस्यमा चयन गरिएको छ । १ चैत्रदेखि शुरु भएको एमाले कञ्चनपुरको ९ औँ अधिवेशनमा उपाध्यक्ष,सचिव र उपसचिवमा उम्मेदवारी दिएका नेता कार्यकर्ताहरु सदस्यमा चयन गरिएका हुन । उम्मेदवारी दर्ता भएपछी सहमति आधारमा नेतृत्व पदाधिकारी एव सदस्य छनौटको शिर्ष नेताबाट दवाव परेपछि अध्यक्षकै लागि देखिएका अशोक कुमार चन्द उपसचिव, उपाध्यक्षमा उम्मेदवारी दिएका विष्णू कडेल, सचिवमा उम्मेदवारी दिएका राधाकृष्ण जोशी(ज्वाला)सहित उपसचिवमा उम्मेदवारी दिएका एकमात्रै नेता उपसचिवको जिम्मेबारी पाएका छन । भने अधिकाँस सदस्यमा चयन गरिएका हुन । उपाध्यक्षमा उम्मेदवारी दिएका विष्णूदत्त अवस्थी, हिरा चन्द र सचिवमा उम्मेदवारी दिएका कर्ण चन्दले आफुहरुले जहाँ जुन पदमा उम्मेदवारी दिएका हौँ, त्यहीमा सहमती वा चुनाव नभए आफुहरुले अन्य पदमा नजाने अडान राख्दै आएका थिए । सचिवमै उम्मेदवारी दिएका पल्लवराज भट्ट अन्तत सचिवकै जिम्मेबारीमा निरन्तरता पाएका छन । उपसचिवमा उम्मेदवारी दिएका जगत सिह कुमारी लक्ष्मी भट्ट, आरपी सार्की, केशव चन्द, लोकेन्द्र प्रशाद पन्त, चन्द्र सिह कार्की, खिमा चन्द, भारमल सुनार सदस्यमा चयन गरिएका छन ।

८औँ अधिवेशनमा जिल्ला सदस्यमा निर्वाचित भएपछि ९औँ अधिवेशनबाट उपाध्यक्षका उम्मेदबार विष्णू कडेलले पाटीको सल्लाह अनुरुप आफुले उपाध्यक्ष त्यागेर पुन सदस्यमै जिम्मेबारी दिन सहमत भएको बताए । ‘म विगतमा जिल्ला सदस्य हुँदा सचिवलायदेखि आर्थिक सयोजक भएर काम गरे, यस पटक पनि मैले पदाधिकारीमा जाने निधो गरेको थिए, तर पाटीलाई सहमतीमा लैजानुपर्छ भन्ने सबैतिरबाट नेता कार्यकर्ताको भावना आयो, मैलेपनि माथि छाडेर सदस्य बस्न सहमत भएको छु ।’ आफु सदस्य भएपनि भीमदत्त नगरपालिकामा नेतृत्व हार्दा समेत आफ्नो वडा भीनपा १८ जिताउन सफल भएपछि उपाध्यक्षमा देखिएको बताए । ‘पाटी नेतृत्वबाटै सहमतीको विषय अघि सारिएका म सहमतीका लागि बाधक बन्दैन भनेर तल झदै पुन सदस्यमै आएको हुँ, ‘उनले भने, ‘सदस्यमै रहेरपनि जनता र पाटीका लागि थुप्रै काम गर्न सकिन्छ ।’ उपसचिवमा उम्मेदवारी दिएका राजिव खडका सहमतीय आधारमा पनि उपसचिव नै भए, चाँदनी धामी(राना) सदस्यमै पनि समावेस भईनन् भने बाँकी उपसचिवका उम्मेदवार सबै सदस्यमा चयन भएका छन । यस अघि एमाले फुट्दा नेकपा एकीकृत समाजवादीमै लागेर जिल्ला उपसचिवकै जिम्मेबारी निर्वाह गरेका एव पुन एमालेमै फर्किएपछि पनि उपसचिवमै देखिएका एमाले पुनर्वासका नेता आरपी सार्कीले कम्युनिष्ट पाटी भएको र आवश्यकता अनुरुप पाटीले दिएको जिम्मेबारी निर्वाह गर्न सदस्यमै बसेको बताए ।

‘यो कम्युनिष्ट पाटी हो, हामीले पद होईन पाटी बनाउने हो, जस अनुरुप मैले उहाँ उम्मेदवारी दिए, त्यहाँ अरुसाथिहरुलाई व्यवस्थापन गर्नुपर्ने देखियो, त्यसपछि पाटीले दिएको जिम्मेबारी अनुरुप मैले सदस्यमा सहमत भएको छु ।’ उनले पार्टी र जनताको पक्षमा दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेका छन । गत शुक्रबार सहमतीय आधारमा चयन भएका सदस्यहरुलाई सपथ ग्रहण गराईएको छ । एमाले कञ्चनपुरको ९औँ जिल्ला अधिवेशन उद्घाटनमा पाटी अध्यक्ष केपी शर्मा ओली आए अनि पाँच दिनपछि पदाधिकारीको टुङगो लाग्दा समेत पाटी अध्यक्ष ओली नै महेन्द्रनगर आए । पाटी अध्यक्ष जहाँ गयो, त्यही विवाद हुन्छ भने एमाले भित्रको भाष्य हटाउन समेत पाटी अध्यक्ष उद्घाटनदेखि समापनसम्म कञ्चनपुर आएका थिए । एमाले कञ्चनपुरको अधिकवेशनका लागि ४सय६४ जिल्ला अधिवेशन प्रतिनिधी छनौट भएका थिए ।

ताजा समाचार