दोधारा । दोधारा चाँदनीमा दलित नगर समन्वय समितिले पुर्णता पाएको छ् । दोधारा चाँदनीमा दलित नगर समन्वय समितिका अध्यक्षमा पदम सुनार चयन भएका छन् । उपाध्यक्षमामा अंगबिर दमाई, सचिवमा कमल सुनार, सह–सचिवमा राजु सुनार, कोषाध्यक्षमा आकृती कसेरा चयन भएका छन् । यस्तै सदस्यमा भुपेन्द्र दमाई, चन्द्रा सुनार, गंगा सुनार, थिर बहादुर सुनार, नर बहादुर लुहार, मनोनिय सदस्यमा महेश नेपाली, रञ्जना सुनार, परशुराम सुनार, पार्वती सुनार (कार्यपालिका सदस्य) र द्रोपती सुनार (कार्यपालिका सदस्य) चयन भएका दलित नगर समन्वय समिति दोधारा चाँदनीका अध्यक्ष पदम सुनारले बताएका छन् ।
गत आर्थिक वर्ष नेपाल सरकारले दलित समुदायको हकहितको लागी बिनियोजन गरेको बजेट नगर दलित समन्वय समिति दोधारा चाँदनी क्रियाशिल नभएको कारण बजेट फ्रिज गएको निश्कर्ष निकाल्दै नगर दलित समन्वय समिति दोधारा चाँदनीलाई थप क्रियाशिल बनाएर लैजाने निर्णय गरेको छ् ।