कञ्चनपुर: कञ्चनपुरको एक संस्थागत विद्यालयले आफ्नो बार्षिकोत्सव तथा अभिभावक दिवस फरक शैलीमा मनाएको छ । भीमदत्त नगरपालिका –१८ कटानमा रहेको बेष्टर्न पब्लिक एकेडेमीले २४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस फरक शैलीमा मनाएको हो । बेष्टर्न माहेत्सव २१ गते बाट शुरु भइ २३ गते सम्म हुने छ । जसमा विद्यार्थीले विभिन्न प्रकारका शैक्षिक विद्याहरु र आफूमा भएका कला पनि पर्दशन गर्ने संस्थापक बिर्ख बहादुर मल्लाले बताए ।


मंगलबार एक कार्यक्रमका विच बार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा विद्यार्थीले सिकेका विषय बस्तु प्रर्दशनी गरेका छन । बेष्टर्न पब्लिक एकेडेमीका प्रिन्सिपल विवेकराज कलौनीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थीले सिकेका विषयबस्तु प्रर्दशनी गरिएको बताए । प्रिन्सिपल कलौनीले विद्यालयले निरन्तर शैक्षिक गुणस्तरबृद्धिमा जोडदिए । कार्यक्रममा विद्यार्थी सहितका विवित क्षेत्रका विद्यार्थीलाई स्वागत, सम्मान गरिएको छ ।


विविध साँस्कृति कार्यक्रम प्रस्तुत गरिएका थिए । बेष्टर्न पब्लिक एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र बहादुर चन्दको अध्यक्षमा भएको कार्यक्रममा प्रतिनिधी सभा सदस्य एवपुर्वमन्त्री रमेश लेखक प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, सहितका सरोकारवाको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन हेमन्त बहादुर सिहले गरेका थिए।








