दाङ स्वर्गद्धारी गुठी पिडितको आन्दोलनमा मञ्चको एकवद्धता


कञ्चनपुर : दाङ स्वर्गद्धारी गुठी पिडितको आन्दोलनमा एकवद्धता जनाउदै नेपाल भूमि अधिकार मञ्च कञ्चनपुरले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज ज्ञापन पत्र बुझाएको छ । मञ्चका अध्यक्ष कर्ण बहादुर बाँनियाले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई ज्ञापन पत्र बुझाउनु भएको हो ।

“दाङ जिल्लाको स्वर्गद्वारी गुठी पिडित १२ मौजाका तीन हजार पाँच परिवार किसानहरुले पुर्खादेखि देखि भोगचलन गरेको जमिन आफ्नो नाममा हुनु पर्ने माग सहित महिला, बालबालिका, युवा र बृद्धहरु जिल्ला प्रशासन कार्यालय अगाडि सडकपेटीमा फागुन ८ गते देखि शान्तिपुर्ण धर्ना दिइरहेका छन” अध्यक्ष बाँनियकाले भन्नु भयो, “चिसो मौसम र निरन्तरको आन्दोलनले उनिहरुको स्वास्थ अवस्था दिन प्रतिदिन नाजुक बन्दै गईरहेको छ ।” आन्दोलनरत गुठी पिडितका माग पुरा गराउनका लागि दवाव सृजना गर्न ज्ञापन पत्र बुझाईएको उहाँले बताउनु भयो । गुठी पिडितहरुको मुल माग पुस्तौंदेखि जोतिरहेको जमिनको मालपोत मुल्याड्ढन २५% लिएर मोही किसानको नाममा दर्ता गरिदिनुपर्ने रहेको मञ्चका सुदूरपश्चिम प्रदेश सचिव राम बहादुर चुनाँरो बताउनु भयो ।

किसानले बुझाउनुपर्ने जिन्सी कुतको साटो नगदमा कायम हुनुपर्ने, यसअघि तिर्न नसकेको कुतको निश्चित प्रतिशत मिनाहा हुनुपर्ने र तत्काल गुठी सम्बन्धी कानुन जारी गरिनुपर्ने आन्दोलनरत गुठी पिडितका मागमा समर्थन रहेको उहाँले बताउनु भयो । नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले फागुन १७ गते आन्दोलनरत पक्षलाई सम्बोधन गर्दै वार्ता समिति गठन गरि जारी गरेको प्रेस विज्ञप्तीको सकारात्मक रुपमा लिईएको उहाँले उल्लेख गर्नु भयो । उहाँले आन्दोलनरत पक्षसंग तत्काल वार्ता गरि किसानको माग सम्बोधन गर्न माग गरिएको उहाँको भनाई रहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img