दोधारा । मानव बेचबिखन तथा तस्करीको बिरुद्ध माईती नेपालको क्रस–सीमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । मंगलवार कञ्चनपुर को सिमावर्ति वजार महेन्द्रनगरमा माईती नेपाल कञ्चनपुरले आयोजना गरेको नेपाल भारत सिमा क्षेत्रमा हुने मानव तस्करलाई न्युनिकरण गर्न के कस्ता रणनितिक याजना अघि सार्न सकिन्छ भन्ने कुरामा बहस चलाएको थियो । कार्यक्रममा मानव तस्कर विश्वकै तेस्रो ठुलो अपराधका रुपमा देखिएको र यसमा अर्वोको आर्थिक कारोवार भईरहेकोले यसलाई न्युनिकरण गर्न सरकार पक्ष तथा गैर सरकारी संस्थाहरुले कडा रुपमा प्रस्तुत हुनु पर्नै नेपाल तथा भारत वाट आएका सहभागीहरुको जोड रहेको थियो । कार्यक्रममा वोल्दै माईती नेपालका केन्द्रिय कार्यालयका निर्देशक विश्वराम खड्काले पछिल्ला समयमा महिला मात्रै नभएर पुरुषहरुको आर्थिक फाईदाकै लागी मानव तस्कर गरी विभिन्न पेशामा संलग्न गर्न मानव तस्करहरु सक्रिय भईरहेका बताएका छन । उहाँले हाल नेपालवाट भारतमा मात्रै मानव तस्करी नभई विश्वमै एक प्रकारको ठुलो अपराधको रुपमा विकसित हुदै गईरहेको र अर्बौैको आथिक कारोवार समेत हुने गरेको डरलाग्दो तथ्यांक फेला परेको बताएका छन ।

माईती नेपालले क्रस–सीमा कार्यशाला आयोजना गरेर मानव बेचबिखनको बिरुद्ध लड्न महत्वपूर्ण कदम चाल्दै सीमापार तस्करी रोक्न प्रभावकारी संयन्त्रको परिचालन गर्नु पर्नैमा जोड दिनुपर्ने देखिएको छ । मानव तस्करी, लागु औषध तथा हातहतियार ओसार पसार जस्ता अपराधिक घटनाहरु विश्वमै डरलाग्दो रुपमा अघि वढिरहेको पाईन्छ । समाज जति शिक्षिा र प्रविधि संग जोडिदै गएको छ त्यसै अनुरुप अपराध पनि नयाँ नयाँ प्रविधिहरुको प्रयोग गरि द्रुत गतिमा वढ्दै गईरहेकाले मनव तस्कर जस्ता अपराधिक कृयाकलापलाई न्युनिकरण गर्न ग्रास लेवलवाट कदम चाल्नु पर्ने र यसवारे गाँउ टोलवाटै सचेतनामुखी कार्यक्रममा जोड दिनुपर्ने उत्तराखण्ड राज्य महिला आयोगकी निर्वतमान उपाध्यक्ष ज्योति शाह मिश्राले बताएकी छन । पीडितहरुका लागि द्रुत ट्रर्याक उद्धार र स्वदेश फिर्ता प्रक्रिया स्थापना गर्ने प्राथमिक उद्देश्यका साथ कार्यशालाले दुवै देशका सिमा क्षेत्रमा विशेष प्रकारको सुरक्षा तथा सचेतना अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिईएको थियो । अधिकांश नेपालि चेलिहरु भारतका विभिन्न शहरमा कोठिहरुमा बेचिएको अवस्थामा रहेकाले भारत सरकारले समेत त्यसमा सहजीकरणका लागी पहल थाल्नुपर्ने देखिएको छ ।

मानव बेचविखनको समस्या मानव जातिमै कलंकित समस्याको रुपमा रहेकाले आफ्ना छोरी चेलिहरुलाई कसरी यस्तो क–ुसस्कारवाट कसरी जोगाउने भन्ने चिन्ता सवै अभिभावकले लिने हो भने केहि हद सम्म ग्रामिण भेगका छोरी चेलीहरु मनव तस्करको चंगुलमा पर्नवाट बचाउन सकिने र विगतमा दास वनाउन, यौन व्यवसायको लागी हुने गरेको भएपनी हाल आएर मानव अंग निकाल्न समेत मानव तस्करी हुने गरेको जिल्ला समन्वय समितिका अध्यक्ष दुर्गा दत्त वोहराले बताएका छन । सहभागीले असुरक्षित प्रवास र मानव बेचबिखनको प्रभावको बारेमा छलफलको नेतृत्व गरेका छन । मुख्य विषयहरुमा पैरवी गर्ने संयन्त्र, मानव बेचबिखनको परिवर्तनशील आयाम, आउदा दिनहरुमा रोकथाम उपायहरु र नेपाल–भारत सीमामा मानव बेचबिखन न्युनिकरण गर्न संयुक्त प्रयासहरु समावेश गरिएका थिए ।

नेपाल–भारतले संयुक्त रुपमा विभिन्न संयन्त्रहरुलाई खुला सिमा क्षेत्रमा कसरी प्रभावकारी रुपमा परिचालन गर्न सकिन्छ भन्ने कुरा तिर केन्द्रित हुदा मानव तस्करको जालोमा परेर समस्यामा पर्नु भन्दा पहिले सुरक्षित गर्न सकिने भन्दै पछिल्ला दिनमा नेपाल वाट भारत मात्रै नभई भारत वाट नेपालमा समेत मानव तस्करी हुने भएकाले भारतवाट आउने वाल वालिका तथा महिलाहरुमा समेत माईती नेपाल जस्ता संघ सस्था र सुरक्षा निकायले विशेष चनाखो हुनु पर्ने प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले वताएका छन । नेपालमा करिव १८ सय ५० किलोमिटर खुला सिमा रहेको, गरिव र अशिक्षा का कारण विभिन्न प्रलोभनमा परि मानव तस्करहरुले सहजै महिला तथा वालवालिकालाई बेचविखन गर्ने सक्ने भएकाले तस्करी रोक्न धेरै चुनौति रहेको भएपनी यसलाई न्युनिकरण गर्न मानव तस्करी विरुद्ध कार्य गरिरहेका नेपाल तथा भारतका विभिन्न संघ सस्थाले चनाखो भई कार्य सम्पादनमा जोड दिनुपर्ने देखिएको उत्तराखण्ड राज्य चम्वावत का सहायक जिलाधिकारी आकाश जोशीले बताएका छन ।
कार्यक्रमका प्रमुख अथिति सुदुरपश्चिम प्रदेशका संसद प्रकाश रावलले मानव तस्करी विरुद्धमा सरकार पक्ष वाट कडा रुपमा पहलकदमी चाल्नु पर्ने देखिएको वताएका छन । माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट र उहाँको टिमलाई धन्यवाद दिदै एउटा महिला भएर भारतका ठुला ठुला शहरमा बेचिएका कैयो चेलीहरुको सफलता पुर्वक उद्धार गरि नरकिय जिवनवाट बचाएर ल्याएको प्रति सम्मान व्यक्त गरेका छन । महेश्वरी भट्ट जस्तै शसक्त निडर महिलाहरु भए मानव तस्कर लाई निर्मुलीकरण गर्न सकिने धारणा सांसद रावलले व्यक्त गरेका छन् । माईती नेपाल कञ्चनपुरले कैयो मानव तस्कर दलालहरुलाई कानुनी फन्दामा पारी सजायको भागिदार समेत बनाएको उहाँले बताए । दोधारा चाँदनीका मेयर किशोर लिम्बुले सरकाले मानव तस्कर विरुद्ध का अभियान गाँउ टोल तिर गर्न ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उहाँले पश्चिम सिमामा सवै भन्दा वढि खुला सिमा र सुरक्षा व्यवस्था कम भएको नगरपालिका दोधारा चाँदनी नगरपालिका भएकाले यहाँ वाट मानव तस्करी हुने सम्भावना वढि हुन सक्ने भन्दै केन्द्रिय सरकार तथा प्रदेश सकारले मानव बेचविखन र तस्करका विरुद्धका कार्यक्रम संचालन गर्न बजेटको व्यवस्थापन गर्न माँग समेत गरेका छन् ।
उहाँले वडा स्तरिय चेलिबेटी बेचविखन विरुद्धका कार्यक्रम, जनचेतना मुखी कार्यक्रम सञ्चालन गर्न र स्थानिय युवा, युवतीहरुलाई तालिम लगाएतका विषयमा सहभागी गराउन सकिने हो भने मानव बेचविखन न्युनिकरण गर्न सहज हुने धारण व्यक्त गरेका छन् । कार्यक्रममा भारत तथा नेपालका सुरक्षा अधिकारी विभिन्न संघ संस्थाका पदाधिकारी लगाएत स्थानिय तहका प्रमुख, उप प्रमुखहरुको सहभागिता रहेको थियो ।






