कञ्चनपुर : इलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा विधुतको समस्या कायमै रहेको छ । इलाका प्रशासन कार्यालयमा वैकल्पिक व्यवस्थापन नहुँदा अझै सेवाग्राहीले सास्ती पाइरहेका छन् । प्रशासन कार्यालयमा विगत केहि वर्ष अघि देखि विधुतको वैकल्पिक व्यवस्थापन हुन नसक्दा दुई नगरपालिका र एक गाउँपालिकाबाट आउने सेवाग्राहीहरूले सेवा लिन सास्ती खेप्नुपरेको छ ।

सबैभन्दा बढी भिडभाड हुने यो कार्यालयमा विधुतको वैकल्पिक व्यवस्थापन नहुनु निकै लज्जास्पद भएको स्थानीय स्वास्थ्यकर्मी रमेश मगरले बताएका छन् । उनले यस विषयमा आफुले कार्यालयमा सोध्दा बजेट नहुँदा वैकल्पिक व्यवस्था गर्न नसकेको र पालिकाहरुमा सहयोगका लागि अनुरोध गरेको कुरा सुनाएको जानकारी दिए । यस समस्याका विषयमा तीनै पालिकाले बजेट विनियोजित गरिदिए बिधुतका कारण झेल्नुपर्ने समस्याको अन्त्य हुने देखिन्छ ।











