शुक्लाफाँटामा पन्ध्र दिने आधारभूत होजियारी तालिम सञ्चालन


झलारी : शुक्लाफाँटा नगरपालिका ४ मा पन्ध्र दिने आधारभूत हाते होजियारी सम्बन्धी तालिम सोमवार देखि सञ्चालन गरिएको छ । वडा कार्यालय र टेवा नामक गैरसरकारी संस्थाको सहयोगमा महिला बालबालिका संरक्षण सञ्जालले तालिमको आयोजना गरेको हो । नगरपालिकाका उप प्रमुख कल्पना पन्तले तालिमको उद्घाटन गर्दै तालिम मार्फत महिलाहरुले दक्ष बनेर स्वरोजगार हुनु पर्ने बताउनु भयो । उहाँले तालिममा सिकेका सीपको सदुपयोग गर्दै व्यवसायीक बन्नु पर्ने बताउनु भयो ।

No description available.

वडा अध्यक्ष कमल ठकुल्लाले तालिमबाट सिकेको सीपको सदुपयोग गर्दै सहभागीहरुले रोजगार हुनु पर्ने र अरुलाई रोजगार दिन सक्ने बन्नु पर्ने बताउनु भयो । वडाले गत वर्ष पनि विद्यार्थीलाई लक्षित गरी निःशुल्क कम्प्युटर कक्षा सञ्चालन गरेको उल्लेख गर्नु हुदै यस वर्ष पनि ३५ बढी विद्यार्थीलाई निःशुल्क रुपमा आधारभूत कम्प्युटर कक्षामा सहभागी गराई दक्ष बनाईएको बताउनु भयो । वडा नं ९ का वडा अध्यक्ष रमेश बहादुर ऐरले तालिममा सिकेका सीपलाई व्यवहारमा उत्तार्न सकिए मात्रै स्वरोजगार हुन सकिने भएकाले सीपको सदूपयोग गरिनु पर्ने विचार व्यक्त गर्नु भयो ।

No description available.

वडा सदस्य मनिदत्त पन्तले माग र आवश्यकताका आधारमा वडा कार्यालयले आगामी दिनमा पनि युवा, महिला र लक्षित वर्गलाई लक्षित गरी तालिम सञ्चालन गर्ने बताउनु भयो । महिला बालबालिका संरक्षण सञ्जालका अध्यक्ष मधु बोहराले हाते होजियारी तालिममा दक्ष भएका महिलाहरुलाई लघु उद्यम मार्फत रोजगारी दिईने बताउनु भयो । तालिममा ४० बढी महिलाको सहभागीता रहेको छ । तालिम उद्घाटन कार्यक्रममा नगरपालिकाका कार्यपालिका सदस्य भुमा चन्द, महिला अधिकारकर्मी, सञ्चारकर्मी, वडा सदस्य, सामाजसेवी,बुद्धिजिवि लगायतको सहभागीता रहेको थियो ।

No description available.

No description available.

No description available.


Loading Viewer...

ताजा समाचार

spot_img