६ औं आई.सी.वाई.सि वडाध्यक्ष कप: क्वाटरफाइनलका तिन खेल आज, विजेता टिमले सेमिफाइनल प्रवेश गर्ने


महेन्द्रनगर: आइसी वाइ सि वडाध्यक्ष कप फुटबल प्रतियोगिताको ६ औं संस्करणका क्वाटरफाइनलका तीन खेल आज हुने छ्न।

क्वाटरफाइनलका खेल बिहिवार देखि सुरु भएका हुन। पहिलो क्वाटरफाइनल खेल हिजो बिहिवार आयोजक टिम इटाहा चारपाते युवा क्लब रातो र पर्सिया फुटबल क्लब बीच भएको रोमान्चक खेल निर्धारित समयमा गोल रहित बराबरीमा रोकिएको थियो। उक्त खेलको निर्णय ट्राइबेकरबाट लगिएको हो। ट्राइबेकरमा इटाहा चारपाते युवा क्लब रातोले ३-१ गोलको अन्तरले पर्सिया फुटबल क्लब लाई हराउँदै सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ।

आज प्रतियोगिताको क्वाटरफाइनलका रोमाञ्चक तीन खेल हुने छन् । पहिलो खेल विहान ११ बजे एन वाइ सि एफसी र डि बि युनाइटेड देखतभुली, दोस्रो खेल दिउँसो १ बजे ब्रदर एफसी र एसएसएसडिसी बेदकोट नगरपालिका सुन्दरपुर क्वाटरफाइनलको अन्तिम र आजको तेस्रो खेल कोहिनुर स्पा फुटबल क्लब र न्यू भानु युवा क्लब पुनर्वास बीच दिउँसो ३ बजे प्रतिस्पर्धात्मक खेल हुने आयोजकले बताएको छ। उनका अनुसार उक्त खेलमा जित निकाल्ने टिमले आफ्नो सेमिफाइनलको यात्रा पक्का गर्नेछन् ।

कञ्चनपुर जिल्ला स्थित रहेको ईटाहा चारपाते युवा क्लबको आयोजनामा ६ औं आईसी वाई सि वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८० को आयोजना देखतभुलिको खेलमैदानमा छैठौं संस्करणको समापन माघ १५ गते एक कार्यक्रमका साथ हुने प्रतियोगिता संयोजक रामदाश रानाले जानकारी दिएका छन् ।

प्रतियोगिताको पाचौं संस्करणमा प्रथम लाई ७१ हजार १ सय ७१ पुरस्कार राशी रहेको थियो भने यो संस्करणमा पुरस्कार राशी वृद्धि गरिएको छ। जसमा १ लाख १ हजार १ सय ११ रुपैया ट्रफी प्रमाणपत्र रहेको छ। उपविजेता टिमले ५५ हजार १ सय ५५ रुपैया पुरस्कार राशी तोकिएको आयोजकले बताएको छ।

विभिन्न विधाका उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स उत्कृष्ट मिड फिल्डर सर्वाधिक गोलकर्ता र राइजिङ प्लयेर अफ द टुर्नामेन्ट लाई आकर्षक पुरस्कारको समेत घोषणा गरेको छ।

प्रतियोगितामा लालझाडी गाउपालिका वडा न.०५ मुख्य प्रवर्द्धक रहेको छ भने , समन्वय सहयोग लालझाडी गा.पा. र कृष्णपुर न.पा. वडा नं.३ को रहेको छ। यस अघि भएको ५ औं संस्करणको उपाधि सनि युनाइटेड देखतभुलीले जितेको थियो ।

जसमा उपविजेता शान्ती युवा क्लब, दैजी बनेको थियो। २०७३ सालमा स्थापित ईटाहा चारपाते युवा क्लबले आईसीवाईसि ७ वर्षदेखि निरन्तर रुपमा आईसीवाईसि कप आयोजना गर्दै आएको छ ।


ताजा समाचार

spot_img