कञ्चनपुर : कञ्चनपुरको भीनपा–३ स्थित मन्त्र हस्पिटल एण्ड रिर्सच सेन्टरले माघ ९ गते देखि २४ सैं घण्टा अल्ट्रासाउण्ड सम्बन्धी सम्पूर्ण सेवा दिन लागेको छ ।

वरिष्ठ रेडियोलोजी विशेषज्ञ डा. सन्तोष आत्रेयले अल्ट्रासाउण्ड सम्बन्धी, कलेजो, पित्तथैली, मृगौला, पाठेघर समस्या, एपेनस्कि, थाईराइड, क्लोर डोप्पर, एनोमल स्केन र ट्रस प्रोस्टेट समस्या सम्बन्धी २४ सै घण्टा सुविधा दिन लागेको मन्त्र हस्पिटल एण्ड रिर्सच सेन्टरका प्रबन्ध निर्देशक डा. गोबिन्द रोकायाले बताए । उनले भने ‘विगतका दिनमा अल्ट्रासाउण्ड गर्न भारतिय अस्पताल वा धनगढीका अस्पतालमा जानु पर्ने बाध्यता थियो अब त्यो बाध्यता हटेको छ ।’

मन्त्र हस्पिटल एण्ड रिर्सच सेन्टरमा डा. सन्तोष आत्रेयले दैनिक ओ.पि.डी.सेवा विहान ९ बजे देखि बेलुका ५ बजे सम्म दिए पनि इर्मेरजेन्सीमा भने २४ सैं घण्टा सेवा सुविधा रहेको छ ।











