दोधारा चाँदनी– ६ वडा कार्यालयले सुरु गर्‍यो एक सय बढी बिद्यार्थीहरुलाई निशुल्क कम्प्युटर तालिम


दोधारा । दोधारा चाँदनी नगरपालिका– ६ वडा कार्यालयको सहयोग र दोधारा सामुदायिक अध्ययन केन्द्रको आयोजनामा तिन महिने आधारभुत कम्प्युटर तालिम संचालन गरिएको छ् । आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेत आधारभुत कम्प्युटर तालिमको समउद्धघाटन गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ६ देखि वडा नं. १० सम्म दोधारा सामुदायिक अध्ययन केन्द्रको सेवा क्षेत्र भएकोले सुचना प्रकाशित गरि तालिममा सहभागी हुन ईच्छुकलाई आहव गरिएको हो । दोधारा चाँदनी नगरपालिका– ६ को वार्षिय योजना तथा कार्यक्रम अनुसार बजेट बिनियोजन गरि कम्प्युटर शिक्षाबाट कोही बन्चित नहुन भन्ने उद्धेश्यले दोधारा सामुदायिक अध्ययन केन्द्र मार्फत कम्प्युटर तालिम कक्षा योजना राखिएको वडा कार्यालयले जनाएको छ् ।

तालिममा १ सय १४ जना सहभागी रहेको वडाध्यक्ष ओंम बस्नेतले बताएका छन् । तालिमको उद्घघाटन गर्दै वाडध्यक्ष ओंम बस्नेतले दिगो विकासको लक्ष्य प्राप्तिमा टेवा पुर्‍याउन गुणस्तरीय शिक्षाका लागि निशुल्क कम्प्युटर कक्षा सञ्चालन गरिएको बताएका छन् । तालिममा मात्रै सिमित नगरी त्यसलाई व्यवाहारिक रुपमा कार्यान्वयन गर्न प्रशिक्षार्थीहरुलाई आग्रह समेत अध्यक्ष बस्नेत गरे । आजको युग भनेको विज्ञान र प्रविधिको युग हो त्यसैले कम्प्युटर शिक्षा अपरिहार्य भएको बताउदै अध्यक्ष बस्नेतले विगतको तुलनामा टेक्नोलोजीले ठूलो फड्को मारेको भन्दै कम्प्युटरमा पछि पर्ने मान्छेले समय सापेक्ष प्रगती गर्न नसक्ने बताए ।

आजको युग कम्तीमा पनि कम्प्युटरको आधारभुत ज्ञान हुनै पर्ने भएकोले वडा कार्यालयको् सहयोगमा दोधारा सामुदायिक अध्ययन केन्द्रले निशुल्क ३ आधारभुत कम्प्युटर तालिम सञ्चालन गरेको बताउदै समय अवधीभर ध्यान दिएर तालिममा सिकाएका हरेक विषयबस्तु सिक्न तालिमका सहभागीहरुलाई अनुरोध गरेका छन् । तालिममा सम्म सिकेको कुरा तालिम कक्षा कोठामा मात्रै सिमित नभई कम्प्युटर सम्बन्धी दक्ष जनशक्तिको आवश्यकता पूरा गर्ने अभियानमा लाग्नुपर्ने बताउदै वडाध्यक्ष बस्नेतले तिन महिने कक्षाबाट कम्प्युटरको आधारभुत शिक्षामा सहभागी सबै दक्ष हुनै पर्ने सुझाव दिएका छन् ।

निशुल्क कम्प्युटर तालिममा सहभागी हुन पाएको भन्दै बिद्यार्थीहरु वडाध्यक्ष ओंम बस्नेत प्रति खुशी प्रकट गरेका छ


Loading Viewer...

ताजा समाचार

spot_img