कञ्चनपुर : ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले खैरोहिरोइन सहित दुई भारतीय नागरिक पक्राउ गरेको छ । खुल्ला सीमाका कारण नेपाली भु–भागको सीमाक्षेत्रमा लागु औषधको प्रयोग कर्ता र विक्री कर्ताको बिगविगी रहेको छ । यसरी भारतीय भुमिबाट लागु औषधको कारोबार बढी रहेको अवस्थामा लागु औषधका कारोबारी लाई पक्राउ गर्नु राम्रो कार्य भएको स्थानिय बताउछन् । स्थानियका अनुसार सीमाक्षेत्रमा व्यापक रहेको लागु प्रदार्थ ओसार प्रसारमा संलग्न लाई हतोत्साहित गर्ने बताउछन्् ।
दिन प्रतिदिन युवाहरु लागु औषधको चगुलमा फस्दै गइरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा बेलडाँडी गाउपालिका –१ झरना सागर टोल बाट पक्राउ गरको छ । भारतीय नं. पेलेट युके०६एएल२१२० नं.को मोटर साईकालमा आएका उत्तर प्रदेशको पिलिभित टाटरगञ्ज बस्ने गुरमेश सिह र सोही स्थानमा बस्ने ईरफान अलिको साथबाट खैरोहिरोइन ३ ग्राम २० मिलिग्राम सहित पक्राउ गरेको हो । दुवैलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।