निजामती कर्मचारी संगठन कंचनपुर जिल्ला कमिटिको बैठक : कर्मचारीका हकहितका वकालत गर्ने


कञ्चनपुर: नेपाल निजामती कर्मचारी संगठन कंचनपुर जिल्ला कमिटिको बैठक सम्पन्न भएको छ । विहिबार महेन्द्रनगरमा एक कार्यक्रमका विच नेपाल निजामती कर्मचारी संगठन कंचनपुर जिल्ला कमिटिको बैठक सम्पन्न भएको हो ।नेपाल निजामती कर्मचारी संगठन कंचनपुरका अध्यक्ष मान बहादुर चन्दले बैठकमा सुदुरपश्चिम प्रदेश सरकारले तयार गरीरहेको स्थानीय सेवाको गठन सञ्चालन तथा सेवा र शर्त सम्बन्धि बिधेयकमा नेपाल निजामती कर्मचारी संगठनले छलफल गरेर आफ्नो सुझाव पेश गर्न कञ्चनपुर जिल्लामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई आह्वान गरेको बताए ।

प्रस्तावित ऐनको मस्यौदामा संगठन को तर्फबाट आधिकारिक धारणा सहित प्रदेशको बिधायन समितीलाई र सुदुरपश्चिम प्रदेशका सम्पुर्ण माननीयहरुलाई जानकारी गराउने निर्णय भएको नेपाल निजामती कर्मचारी संगठनका प्रदेश महासचिव महादेव जोशीले जानकारी दिनुभयो । बैठकले सुदुरपश्चिम प्रदेशमा कार्यरत रहेका सम्पुर्ण कर्मचारी को भावना समेटेर ऐन जारी गरिनुपर्ने, पुर्बानुमान योग्य र चकृय सरुवा प्रणाली अबलम्बन गर्नुपर्ने, कर्मचारी को वृत्ति बिकासमा सन्कुचन आउन नहुने, हाल कार्यरत रहेका ज्यालादारी र करार सेवाका कर्मचारीको १ पटक लोक सेवा आयोगमा उमेर हद नलाग्ने र कार्य अबधीको आधारमा उपदानको ब्यबस्था गर्नुपर्ने साबिक जि बि स र स्थानिय निकायबाट समायोजन भएका कर्मचारी को उपदानको जिम्मा प्रदेशले लिनुपर्ने लगायतका बिषयमा सम्पुर्ण संगठनका र सम्पुर्ण ट्रेड युनियन बिच साझा समझदारी कायम गरी आन्दोलन आवस्यक रहेको नेपाल निजामती कर्मचारी संगठनका प्रदेश महासचिव जोशीले बताए ।

यसुैविच पेशागत पेशागत महासंघ कञ्चनपुरका सचिव तिलकराज जोशीले समेत कर्मचारीको हकहितका क्षेत्रमा निर्णय भएको बताए । उक्त बैठकमा जिल्ला समितिका पदाधिकारी र सदस्यहरु , पालिका कमिटिका पदाधिकारी को उपस्थिति रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img