कञ्चनपुर: तस्करी बिरुद्धमा निर्मम एक्सनमा उत्रिएको सशस्त्र प्रहरीले फेरी तस्करीका अवैध समान बरामद गरेको छ । सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म गड्डाचौकीको टोली भीमदत्त नगरपालिका ११ भन्सार रोड क्षेत्रबाट एक लाख बढिको अवैध समान बरामद गरेको हो ।

शसस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका अनुसार ुसशस्त्र प्रहरी नायब उपरीक्षक समेत रहेका सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म गड्डाचौकीका इन्चार्ज सुदन आचार्य नेतृत्वको टोलीले भारतबाट चोरी तस्करी गरेर नेपाल भित्र्राईरहेको अवस्थामा १लाख, ३५ हजार, ७५०रुपैया बराबरको अवैध समान बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार लेडिज कपडा, कस्मेष्टिक समान फोटो फ्रेम सहितका भन्सार नकाटेका अवैध व्यवसायीक समान बरामद गरेर भन्सार चलान गरिएको छ ।











