बजार क्षेत्रमा सवारी साधन व्यवस्थित पार्न प्रहरीको अभियान


कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा सवारी साधन व्यवस्थित पार्नका लागि प्रहरीले अभियान संचालन गरेको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजार सहितको क्षेत्रमा सवारी साधन व्यवस्थापनका लागि ट्राफिक, वडा र जिल्ला प्रहरी कार्यालयले संयुक्त अभियान शुरु गरेको हो । भीमदत्त नगरपालिकाले बजार क्षेत्रको फुतपाथ क्षेत्रका संरचना हटाएसंगै प्रहरीले संयुक्त रुपमा मंगलबारदेखि अभियान शुरु गरेको छ ।

जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका इन्चार्ज एव प्रहरी निरीक्षक नरेश बिकले दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले बजार क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका सवारी साधनलाई व्यवस्थित गर्ने कार्य थालिएको बताए। ‘बजारमा अव्यवस्थित तरिकाले राखिएका सवारी साधनहरूले गर्दा सडकमा सर्वसाधारणलाई अप्ठ्यारो तथा दुर्घटनाको खतरा पनि हुने भएकाले यो कार्यको थालनी गरेका हौँ, ‘उनले भने, ‘पहिलो चरणमा सबैलाई गल्ती पछाडी सवारी साधन व्यवस्थित गरेर राख्न गर्न जानकारी दिएका छौं र अटेरी गरेको खण्डमा कारवाही गर्ने छौं ।’  ट्राफिक प्रहरी इन्चार्ज विकाले अबका दिनमा भीमदत्त नगरपालिका संग सहकार्य गरेर बजार क्षेत्रमा पार्किंग र नो पार्किङका बोर्डहरू समेत राखिने बताए ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज समेत रहेका प्रहरी निरीक्षक यम बहादुर मल्लले बजारमा व्यवस्थित तरिकाले सवारी साधन पार्क गर्न अनुरोध गरेका छन । उनले सवारी दुर्घटना न्यूनिकरण गर्दै नागरिकको सुरक्षा प्रर्बद्धनका कार्यक्तम संचालन गरिने बताए । पछिल्ला दिनमा भीमदत्त नगरपालिकासंगै प्रहरीले बजार क्षेत्रमा सवारी साधन पार्किङ्ग व्यवस्थित पार्नका लागि अभियान संचालन गर्न थालेपछि स्थानीयले समेत उक्त कार्य निरन्तरतामा जोड दिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img