भीमदत्त नगरपालिका महेन्द्रनगर बजारको फुटपातका समान हटाउँदै


कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकाले बजार क्षेत्रको फुटपातका समान हटाईरहेको छ । महेन्द्रनगर बजार क्षेत्रका केही व्यवसायीहरुले फुटपात मिचेर समान राख्नेदेखि भौतिक संरचना निर्मांण गरेपछि हटाउन शुरु गरेको हो । सोमबारदेखि नगर प्रहरीको टोलीले बजार क्षेत्रमा राखिएका फुटपात क्षेत्र खाली गराउन लागेको छ । जिल्ला सदरमुकाम समेत रहेको महेन्द्रनगर बजार क्षेत्रको फुटपातमा राखिएको समान पालिकाले नियन्त्रण गरेको छ । फुटपातमा राखिएका साईनबोड, टेबुल, भ¥याङ सहितमा समान नियन्त्रणमा लिएको हो । बजार क्षेत्रमा व्यवसायीले फुटपात कब्जा गरेर समान राख्नेदेखि संरचनमा निर्माण गरेपछि पैदल यात्रुलाई समस्या परेको भन्दै पालिकाले उक्त एक्सन लिएको जनाएको छ ।

भीमदत्त नगरका उपप्रमुख निलम लेखक(जोशी)ले बजारका व्यवसायीहरुले फुटपात कब्जा गरेको ब्यापक जनगुनासो आएपछी पालिका एक्सनमा उत्रिएको बताए । ‘यात्रु हिड्ने फुटपात पनि कब्जा गर्दा पैदलयात्रुलाई समस्या भयो, ‘उपप्रमुख लेखकले भनिन, ‘मापदण्ड विपरित बनाएका संरचना एव समान नियन्त्रणमा लिदै कार्बाही गरेका छौँ ।’ पटक पटक सुचना आब्हान, अनुरोध एव अनुनय विनय गर्दा समेत अटेरी गरेपछि बाध्य भएर सरचना हटाउन शुरु गरेको उपमेयर लेखकले बताईन । ‘बजार स्वच्छ, सफा एव सबैलाई सहज गराउने हाम्रो उदेश्य हो, ‘उनले भनिन, ‘कसैलाई दुख दिने भन्ने होईन नगरको यो कार्यमा सबैले सहयोग गरिदिनुप¥यो ।’ भीमदत्त नगरपालिकाले यसरी कब्जा भएको फुटपात हटाउन थालेपछि स्थानीयले समेत प्रसंसा गरिरहेको छ ।

नगरबासीका हितका लागि काम भएको भन्दै उनीहरुले प्रसंसा गरेका छन, भने केही व्यवसायीहरुले छानिछानी आफ्नो मात्रै पसलको अघिको समान लगेको दुखेसो पोखेका छन । केही त पालिका पुगेरै र जनप्रतिनिधीलाई फोन गरेर गुनासो पोखिरहेका थिए । नगरपालिकाले भने, कानुन ठेलादेखि महलसम्मै समान बराबर लाग्ने जनाएको छ । भीमदत्त नगरका मेयर पदम बोगटीले बजार सहित आसपासका क्षेत्रमा भएको फुटपात निरन्तर हटाउने बताए । ‘यो अभियान सहित अन्य नगर सम्बृद्धिका कार्यक्रम हामी निरन्तर संचालन गछौँ, ‘मेयर बोगटीले भने, ‘अब बजारदेखि शुरु भएको अभियान निरन्तर नगरभरी चल्छ यसमा जनताको साथ चाहिन्छ ।’


Loading Viewer...

ताजा समाचार

spot_img