नौखरी कृषि सहकारी संस्था लिमिटेडको दोश्रो साधारण सभा सम्पन्न


कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ८ स्थीत नौखरी कृषि सहकारी संस्था लिमिटेडको दोश्रो साधारण सभा आइतवार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष राजकुमारी चौधरीको सभापतित्वमा आयोजना गरिएको सभाको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिंह धामी रहनु भएको थियो । सभाको विशिष्ट अतिथिमा संविधान सभा सदस्य हरि श्रीपाईली रहनु भएको थियो । सभाको उद्घाटन सत्रमा मन्तव्य राख्नु हुदै मन्त्री धामीले संघीय लोकतान्त्रीक व्यवस्थामा आदीवासीजनजाती, महिला, मधेशी, मुश्लीम दलित, अपाङगता भएका व्यक्तिको अधिकार सुनिश्चित भएकाले यस व्यवस्थाको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनु भयो ।

ठुलो बलिदानी पछि लोकतान्त्रीक गणतन्त्र स्थापना भएको चर्चा गर्नु हुदै उहाँले सबैको अधिकारको ग्यारेण्टी संविधान अनुसार गरिएको बताउनु भयो । देश व्यापी रुपमा सहाकारी बदमान भैरहेको उल्लेख गर्नु हुदै उहाँले अनियमियता गर्ने सञ्चालक फरार हुने निदोर्ष सहकारीका सदस्य र कर्मचारी फस्ने गरेको बताउनु भयो । सहकारीबाट ठुलो रुपमा कर्जा लिने नतिर्ने व्यक्तिहरुका कारण सहकारी प्रतिको विश्वास घटदै जान थालेको उहाँको भनाई थियो । घर घरमा भकारी गाउँ गाउँमा सहकारी भन्ने नारालाई चरितार्थ गर्नका लागि सहकारीमा आवद्ध सदस्यहरुले गरिवि निवारण र रोजगारी सृजना हुने कार्यका लागि लगानी गर्नु पर्ने मन्त्री धामीले बताउनु भयो । सहकारीका सदस्यहरुले बचत गरेको रकमको शुरक्षा गर्दै जुन शिर्षकमा ऋण लगानी गर्नका लागि कर्जा लिएको हो, सोही क्षेत्रमा लगानी गर्नु पर्ने उहाँले बताउनु भयो । साधारण सभामा मन्तव्य राख्नु हुदै संविधान सभा सदस्य हरि श्रीपालीले घरवास(होमस्टे) सञ्चालन गरी सहकारीमा आवद्ध मुक्त कमैंया परिवारको आर्थिक अबस्थामा सुधार ल्याउन सकिने बताउनु भयो । “पर्यटकीय क्षेत्र बतासे झर्ना, मणिका धाम लगायतका क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि खान बस्नको व्यवस्था मिलाउन घरवास आवश्यक छ” उहाँले भन्नु भयो, “पूर्व पश्चिम राजमार्ग भन्दा नौखरी गाउँ नजिकै भएकाले पर्यटकलाई स्थानिय परिकार पस्केर स्वागत गर्न सकिन्छ ।” घरवास सञ्चालन गर्न र सडक लगायतका अन्य विकास पूर्वाधारको विकासका लागि यहाँबाट फर्के पछि प्रधानमन्त्रीलाई भेटेर कुरा राख्ने उहाँको भनाई थियो ।

सहकारी गरिवि निवारण गर्नका लागि खोलिएको संस्था रहेको कुरामा जोड दिदै उहाँले सहकारीमा आवद्ध सदस्यहरुको जीविकोपार्जन, उद्यमशिलता, परम्परागत सीपमा आधारित लघुउद्योग सञ्चालन, सीपमूलक तालिम प्रदान गर्नका लागि कर्जा स्वरुप रकम परिचालन गर्नु पर्ने बताउनु भयो । वडा अध्यक्ष बहादुर सिंह महराले लुघवित्त संस्थाले गाउँका बासिन्दालाई चर्को दरमा ऋण उपलव्ध गराई अन्याय गरि रहेको बताउनु भयो । लघुवित्त संस्था विरुद्ध सबै जनाले आन्दोलन गर्नुको विकल्प नभएको बताउनु भयो । मिटर व्याजीहरुबाट समेत बच्न उहाँले सहकारीका सदस्यहरुलाई सचेत गराउनु भयो । समाजसेवी भागिराम चौधरीले मलखाद, विउविजन सहज मूल्यमा उपलव्ध गराउनका लागि सहकारी खोलिएको बताउनु भयो । तरकारी बिक्री नहुदा सस्तोमै बेच्नु पर्ने समस्या दर्शाउदै उहाँले बजार प्रवद्र्धनको व्यवस्थ ागर्नका लागि आग्रह गर्नु भयो । अर्का समाजसेवी जगरनाथ चौधरीले मुक्त कमैंयाको अबस्थामा सुधार ल्याउनका लागि आय आर्जनका कार्यक्रमलाई अगाडी बढाउनु पर्ने बताउनु भयो ।

मुक्त कमैंया विकास मञ्चका कार्यक्रम संयोजक इन्द्र चौधरीले मुक्त कमैंयाको आर्थिक अबस्थामा सुधार ल्याउनका लागि थुप्रै कार्यक्रम अगाडी सारिएको उल्लेख गर्नु हुदै यस क्षेत्रलाई तरकारी पटेक क्षेत्रका रुपमा विकास गरिनु पर्ने बताउनु भयो । कृषि, पशुपालन, आयआर्जन तालिम लगायतका माध्यमबाट मुक्त कमैंयालाई सशक्त बनाउन लागेको उल्लेख गर्नु हुदै सहकारी स्थापना गरी सञ्चालनको प्रकृया सिकाएका छौं , अब आफनै खुटटामा उभिएर कार्य अगाडी बढाउनु पर्ने बताउनु भयो । सहकारीका अध्यक्ष राजकुमारी चौधरीले सहकारीलाई अगाडी बढाउन सबै पक्षको सहयोगको अपेक्षा राखेको बताउनु भयो । सभामा मुक्त हलिया समाज महासंघका अध्यक्ष इश्वर सुनार, अपि नाम्पा कृषि सहकारी संस्थाका चक्र बहादुर ठगुन्ना, वडा सदस्य विमला चौधरी, लाल बहादुर महरा, नेकपा माओवादी केन्द्रका नेतृ दुर्गा जोशी भटट र सञ्चारकर्मीको सहभागीता रहेको थियो । सभाको सञ्चालन मोहनी चौधरीले गर्नु भएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img