प्रहरी एक्सन : जहाँ जुवा त्यही कार्बाही !


रमेश प्रशाद भट्ट / कञ्चनपुर: कञ्चनपुर प्रहरीले पटक पटक जुवा खेल्ने खेलाउने गिरोहलाई फेरी पक्राउ गरेको छ । शनिबार साँझ कञ्चनपुर प्रहरीले पटक पटक जुवा खेलाउनेदेखि खेल्नेलाई फेरी पक्राउ गरेको हो । घरदेखि, होटल,गोदाम हुँदै जंगलसम्मै जुवा खेलाउने गिरोह सहित जुवाडेलाई पक्राउ गरेको छ । विगतका दिनहरुमा समेत घर,गोदाम, होटल सहितका विभिन्न स्थानका खालबाट पक्राउ गरेका व्यक्ति पुन फेरी पक्राउ परेका छन । दशैँ, तिहारका बेला मात्रै नभई पुषको यो जाडोमा जंगलमा लगेर जुवातास खेलाउने गिरोहदेखि जुहाडेलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीले जहाँ जुवाखाल त्यही कार्बाही गर्दैं आएपनि केही जुहाडेले भने जुवा खेल्ने खेलाउने काम नछाडेको प्रहरीको भनाई छ । एकै जुहाडेलाई पटक पटकका खालबाट पक्राउ गर्दा समेत स्वयम प्रहरीलाई लाज लागेपनि सानौदेखि लागेको बानी ठुलो भएपनि फेर्न नसकिने कथन जस्तै केही जुवा खेलाउनेका लागि भएको छ । विगतका दिनमा प्रहरीदेखि विभिन्न निकायमा पहुँच र सेटिङ्गका भरमा जुवा खेलाउँदै आएका जुहाडे गिरोह एसपी कमल थापाले कञ्चनपुरको कमाण्ड सम्हालेपछि हैरान भएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले भीमदत्त नगरपालिका ३ स्थित जंगलमा जुवाखाल भईरहेको सुचना पाए लगत्तै प्रहरीले पक्राउ गरेर ल्याएको बताए ।

उनका अनुसार भीमदत्त नगरपालिका ४बस्ने दामोदर भट्ट, भवानी सिह बुडा, खेमराज लेखक, लाल ब. चौधरी, सुरज भट्ट र सुनिल विकलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट तासको गड्डी,१लाख, ४२ हजार, ६४५रुपैँया सहित बरामद गरेको छ । उनीहरुलाई थप कार्बाहीका लागि प्रहरीले हिरासतमा राखेको छ । पटक पटक जुवा खेलाउने र खेल्नेमाथि कडा कार्बाही नहुँदा प्रहरीलाई दुख भएको भन्दै स्थानीयले कडा कार्बाहीको माग अघि सारेका छन । पहुँचका भरमा युवाहरुलाई जुवा खेलाउने कमाउने र युवालाई लतमा पारेर बिगार्ने कामप्रति प्रहरी एक्सनले कञ्चनपुुरमा व्यवसायिक जुवा घटिरहेको नागरिकको भनाई छ ।


Loading Viewer...

ताजा समाचार

spot_img