कञ्चनपुर : जेसीज कञ्चनपुर शाखाको बार्षिक साधारण सभा तथा ३७ औं शाखा अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको ३७ औ अधिवेशन बाट बर्ष २०२४ का लागि जेसी जानकी रोकाया भण्डारी अध्यक्ष पदमा निर्विरोध चयन भएकी छन ।

यस्तै कार्यकारिणी उपाध्यक्षमा जेसी राजेन्द्र प्रसाद अवस्थी, र जेसी प्रकाश दत्त भट्ट चयन भएका छन् । उपाध्यक्षमा पुस्कर बहादुर साउद, जेसी शंकर दत्त अवस्थी, जेसी सन्दिप भट्ट र जेसी दिपक कार्की चयन भएको जेसीज कञ्चनपुर शाखाले जनाएको छ । बाँकी रहेका महासचिव ,कानुनी सल्लाहकार कोसाध्यक्ष र सदस्यहरु पछि मनोनयन गरिन जेसी राजेन्द्र अवस्थीले बताए । वर्ष २०२३ का अध्यक्ष जेसीज दिपक राज जोशी रहेका छन् ।

युवाहरुमा नेतृत्व, व्यक्तित्व र उद्यमशीलता सीप विकासको लागि अहम भुमिका खेल्दै आएको जेसीआई नेपालले सन् १९६४ देखि १८ देखि ४० वर्ष उमेर समूहका युवाहरुमा नेतृत्व विकासको लागि कार्य गर्दै आइरहेको छ । नव निर्वाचित अध्यक्ष रोकायाले आफ्नो कार्यकालमा युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्यमशीलता सीप विकासको लागि आफ्नो तर्फ बाट सक्दो पहल गर्ने बताईन् ।







