कञ्चनपुर: ज्योति विकास बैंकले कञ्चनपुरको एक सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । ज्योति विकास बैंक महेन्द्रनगर शाखाले भीमदत्त नगरपालिका ७ हल्दुखालमा रहेको महाकाली जनसेवा माध्यामिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको हो । बुधबार एक कार्यक्रमका विच ज्योति विकास बैंक महेन्द्रनगर शाखाले महाकाली जनसेवा माध्यामिक विद्यालयलाई चार थान कम्प्युटर सहयोग गरेको जनाईएको छ । ज्योति विकास बैंक महेन्द्रनगर शाखा प्रमुख लक्ष्मण चौक्यालले समाजिक संस्थागत उत्तरदायित्व अन्र्तरगत विद्यालयलाई कम्प्युटर सहयोग गरेको बताए ।

शाखा प्रमुख चौक्यालले विद्यार्थीको प्रविधिमा ज्ञानसीप अभिबृद्धिका लागि कम्प्युटर प्रदान गरिएको बताए । उनका अनुसार हाम्रो विकास प्रर्बद्धनकोष अन्र्तरगत हरेक बर्ष विभिन्न समाजिक सेवा गर्दै आएको छ । नाफा मात्रै नभई समाजिक सेवा गर्दै आएको बैंकले हरेक बर्ष विवित समाजिक क्षेत्रमा सहयोग गर्दै आएपछि नागरिक स्तरबाट समेत प्रसंसा भईरहेको छ । शाखा प्रमुख चौक्याल, ज्योति विकास बैंक कोहलपुर कलष्टर प्रमुख मनोज भण्डारीले विद्यालयका प्रअ कल्पना जोशीलाई कम्प्युटर हस्तानतरण गरेका थिए ।

कम्प्युटर ग्रहण गर्दै विद्यालयका प्रअ कल्पना जोशीले बैंकप्रति आभार प्रकट गरेकी छिन । कार्यक्तममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी एव बैंकका कर्मचारी सहितको सहभागिता रहेको थियो । ज्योति विकास बंैंंकको केन्द्रीय कार्यालय काठमाण्डौँको कमलपोखरीमा रहि र देशैभरी १२१ शाखा कार्यालयबाट सेवा सचालन गरिरहेकाे रहेको (ख) वर्गकाे बैक हाे ।











