अवैध लागू औषध सहित सात जना पक्राउ


कञ्चनपुर : कञ्चनपुरका छुट्टाछुट्टै स्थानबाट अवैध लागू औषध सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका वडा नम्बर १८ पुष्पलाल चोक स्थित साधारण माविबाट १.८६ ग्राम लागू औषध चरेस र अवैध लागू औषध प्रेगाब्लिन ट्याब्लेट ५ थान सहित भीमदत्त नगरपालिका १४ पलिया बस्ने २२ वर्षीय पारस चन्द समेत तिन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी बिट पुष्पलाल चोकबाट खटिएको प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी तिनै जनालाई पक्राउ गरेको हो । यसै गरी कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ भीमबस्तीबाट ८०५ मिलिग्राम लागू औषध खैरो हिरोइन र अवैध लागू औषध नाइट्राजेपम लेखेको ट्याब्लेट १५ थान सहित पुनर्वास वडा नं. ५ बस्ने २९ वर्षीय कृष्ण बडू समेत चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासन कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी चारै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img