कञ्चनपुर: नेकपा एमाले र नेकपा एकीकृत समाजवादी कृष्णपुरका दुई नेता नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । एमाले नेता रानानाथ योगी र समाजवादीका नेता दिल बहादुर बोहरा माओवादी केन्द्रमा प्रवेस गरेका हुन । बुधबार कृष्णपुरमा आयोजित एक कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेस गरेका छन ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एव निर्वतमान सभामुख अग्नी प्रशाद साउपकोटाले एमाले नेता योगी र समाजवादीका नेता बोहरलाई पाटीमा प्रवेस गराएका छन । उनीहरुलाई टिका,माला खादा ओढाएर पाटी प्रवेस गराएका हुन ।











