कञ्चनपुर : प्रेस सेन्टर नेपाल सुप प्रदेशको भेला तथा मिडिया सम्मेलन सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल, प्रचार तथा प्रकाशन विभाग सुप प्रदेशको भेला, मिडिया सम्मेलन एव प्रशिक्षण सम्पन्न भएको छ । बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भएको प्रेस सेन्टर नेपाल, प्रचार तथा प्रकाशन विभाग सुप प्रदेशको भेला, मिडिया सम्मेलन एव प्रशिक्षण कार्यक्तममा माओवादी केन्द्र, प्रेस सेन्टर एव प्रचार तथा प्रकाशन विभागका नेताहरुले पछिल्ला दिनहरुमा आम संचार माध्यममा देखिएको समस्यामा तीनै तहका सरकार गम्भिर हुनुपर्ने बताउँदै जनताको सुचनाको पाउने संचार माध्यमको बृद्धि विकासमा जोडदिएका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका माओवादी केन्द्र उपाध्यक्ष एव निर्वमान सभामुख अग्नी प्रशाद सापकोटाले जनताका हकअधिकारका लागि प्रेस जगतको महत्वपूर्ण भूमिका हुने बताए । निर्वतमान समामुख सापकोटाले प्रेस जनताप्रति उत्तरदायी र राज्यले प्रेसको सरक्षणमा जोडदिए । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सुप प्रदेक सभा सदस्य खगराज भट्टले आम पत्रकारले जनताका आधारभूत विषय उठान गर्दै सत्यतथ्य विषय प्रकासनमा सुझाव दिदै प्रदेश सभाबाट संचार माध्यमको बृद्धि विकासका लागि भूमिका निर्वाहमा जोडदिए । प्रदेश सभा समेत रहेका रहेका नेकपा माओवादी केन्द्र सुप प्रदेश प्रचार तथा प्रकाशन विभाग इन्चार्ज ओम विक्रम भाट (सरल)ले समेत आम संचारकर्मीको हकहितका साथै संरक्षण सम्र्बद्धनमा पार्टी तथा संसदको भूमिका निर्वाहमा जोडदिए । माओवादी केन्द्रका नेता एव आईसिटी विभाग इन्चार्ज गोकर्ण भट्टले समयसापेक्ष अनुरुप आईटी क्षेत्रको प्रयोग गर्दै संचारको बृद्धिविकासमा जोडदिए । प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष जुगल सापकोटाले प्रेस सेन्टरले वर्तमान अवस्थामा देशैभरी देखिएका संचारकर्मीका समस्यालाई ह्दयगमन गर्दै समाधानका लागि सेन्टरले सम्बन्धीत निकाय घचघच्याउने काम गरेको बताए ।

प्रेस सेन्टर नेपाल सुप प्रदेशका अध्यक्ष भुवन बोहराले प्रदेशका संचारकर्मीका समस्यामा सेन्टरले प्रदेश स्तरिय निकायसंग पहल गरिएको बताए । कार्यक्रममा प्रेस सेन्टर, प्रचार तथा प्रकाशन विभागले जनताका आधारभुत समस्या उठान गरेको भन्दै सुदूरका पाँच पत्रकारलाई सम्मान गरेको छ । कैलालीका उन्नती चौधरी, कञ्चनपुरका मोहन विष्ट, कैलालीकै सुरेन्द्र ताम्राकार, दार्चुलाका हरि प्रशाद जोशी, अछामका नरेन्द रावल रहेका छन । उनीहरुलाई प्रमुख अतिथि समेत रहेका निर्वमान सभामुख अग्नी प्रशाद सापकोटाले प्रमाण पत्र हस्तान्तरण गर्दै सम्मान गरेका थिए । प्रचार तथा प्रकाशन विभाग सुप प्रदेशका अध्यक्ष लोक बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रेस सेन्टर नेपालका उपाँध्यक्ष तथा सुप प्रदेश इन्चार्ज राम सिह ठगुन्नाले गरेका थिए । कार्यक्तममा प्रेस सेन्टर, प्रचार तथा प्रकाशन विभाग, आईसिटीका प्रतिनिधीको सहभागिता रहेको थियो ।







