“हामी हाम्रा लागी पटक पटक लड्यौ, अरुका लागी अब उठौ लडौ हामी हाम्रा लागी” अभियान


कञ्चनपुर : “हामी हाम्रा लागी पटक पटक लड्यौ, अरुका लागी अब उठौ लडौ हामी हाम्रा लागी” भन्ने कञ्चनपुर जिल्ला व्यापी अभियान सञ्चालन गरिएको छ । दलित समुदायको हक अधिकारका लागि जागरण ल्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । अभियान सञ्चालनका लागि शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा बसेको बैठकले अनिता नेपालीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ । यसैगरी, गणेश विकको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

राजनीतिक दलमा आवद्ध बैठकमा दलित अगुवा, दलित अधिकारकर्र्मी ,बुद्धिजीवी,शिक्षक कर्मचारी, संघसंस्थाका प्रतिनिधि,दलित जनप्रतिनिधिहरु ीवच बृहत्त छलफल पश्चात समिति गठन गरिएको छ । समितिले जिल्ला व्यापी रुपमा दलित समुदायको अधिकारका लागि आवाज उठाउने छ ।
संविधानमा दलित समुदायका लागि भएका व्यवस्था कार्यान्वयन गराउन दवाव दिने र निर्णायक तहमा दलित समुुदायको प्रतिनिधित्व कायम गराउनका लागि कार्य अगाडी बढाउने उद्देश्यले अभियानलाई दु्रत रुपमा अगाडी बढाईएको अभियान सञ्चालन सल्लाहकार समितिका सदस्य शिवी लुहारले बताउनु भयो ।


Loading Viewer...

ताजा समाचार

spot_img