
पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनीमा सिलाई कटाई तालिम संचालन भएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको सहयोग र श्री सरस्वती सामुदायिक सिकाई केन्द्रको आयोजनामा महिलाहरुलाई ३ महिने सिलाई कटाई तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंहले जानकारी दिएका छन् । एक कार्यक्रमको बिच ३ महिने सिलाई कटाई तालिमको समउद्धघाटन गरिएको छ् ।


श्री सरस्वती सामुदायिक सिकाई केन्द्र चाँदनीका संयोजक राज अवस्थीको सभातित्व र दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारको प्रमुख आतिथ्यमा संचालित ३ महिने सिलाई कटाई तालिममा नेपाली काग्रेंसका नेता गोपाल दत्त भट्ट, वडा सदस्य गगन बहादुर सिंह, पदमराज अवस्थी, दोधारा चाँदनी नगरपालिका– २ का पुर्व वडाध्यक्ष कमलापती भट्ट लगाएत श्री सरस्वती सामुदायिक सिकाई केन्द्रका पदाधिकारी तथा तालिममा सहभागी महिलाहरुको उपस्थिती रहेको थियो ।

तालिममा वडाका ३० जना महिलाहरुको सहभागिता रहेको थियो । महिलालाई व्यवसायी बनाउादै आर्थिक आय आर्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले ३ महिने कटाई सिलाई तालिम सञ्चालन गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् । महिलालाई सिप संगै आर्थिक रुपमा बलियो बनाउनका लागि तालिमले टेवा पुर्याउने उनले बताए ।

‘तालिममा सहभागी महिलाहरुले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्नसके आर्थिक आम्दानीका साथै जिविकोपार्जनमा सहज हुने हामीले अपेक्षा लिएका छौं’ वडा सदस्य गगन बहादुर सिंहले भने । तालिमबाट सिकेको सीपको उपयोग गरी आयआर्जनमा आत्मनिर्भर बन्ने सहभागी महिलाहरुले बताएका छन् ।
वडा कार्यालयले आत्मनिर्भर, आयआर्जन र स्वरोजगारका लागि विभिन्न किसिमका सिपमूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ् ।






