कञ्चनपुर : दुरसेवा प्रदायक कम्पनी एनसेलको कर छली बिरुद्धमा क्रान्तिकारी युवा संगठन नेपालले एनसेल कार्यालयमा बालो ब्यानर टाँसेको छ । क्रान्तिकारी कम्युनिष्ट पाटी(बैद्य) निकट युवा संगठन नेपाल सुप प्रदेश कमिटीले बिहीबार एनसेल कार्यालयमा कालो ब्यानर टाँसेको हो ।
क्रान्तिकारी युवा संगठन नेपालका नेता दिपेन्द्र सिह ऐरीले एनसेलले करछली गर्दै आएको र अहिले पनि राज्यलाई छलिरहेको भन्दै चेतावनी स्वरुप क्षेत्रीय कार्यालय धनगढीमा कालो ब्यानर टाँसेको बताए । एनसेलाई राष्ट्रियकरण गर्नुपर्नेदेखि नागरिक स्तरबाट छानबिनको माग अघि सारिएको छ ।










