कञ्चनपुर: जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. २ मा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिताको चौथो दिन आज क्वाटरफाइनलका तीन खेल सम्पन्न भएका छन् ।

कृष्णपुर नगरपालिका २ नम्बर वडाको आयोजनामा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिता ‘हाम्रो गोल लागु औषध बिरुद्धको गोल’ भन्ने मुल नाराका साथ मछेली खेलमैदानमा सञ्चालन प्रतियोगिताको चौथो दिन मंगलबार आज तीन खेल क्वाटरफाइनलका सम्पन्न भएका आयोजकले बताएको छ।

क्वाटरफाइनलको दोस्रो र आजको पहिलो खेल आयोजक निलो कृष्णपुर नगरपालिका – २ र कृष्णपुर नगरपालिका वडा नं.९ बिच भएको खेलमा ४-० गोलले कृष्णपुर-२ निलो लाई हराउदै कृष्णपुर नगरपालिका-९ ले जित निकाले छ। दोस्रो खेल कृष्णपुर नगरपालिका वडा नं.७ र कृष्णपुर नगरपालिका वडा नं.३ बिच भएको खेलमा निर्धारित समयमा गोलरहित बराबारी खेलेपछी ट्राइबेकरमा ३-३ गोलले बराबरी संगै सटनदेथमा कृष्णपुर – ३ बिजय र क्वाटरफाइनल अर्थात आजको अन्तिम खेल शुक्लाफाँटा नगरपालिका वडा नं.०९ र आयोजक कृष्णपुर नगरपालिका वडा नं.२ बिच भएको खेलमा ४-१ गोलले कृष्णपुर -२ रातो बिजय संगै सेमिफाइनलको यात्रा पक्का गरेको छ।
प्रतियोगिताका क्वाटरफाइनलका खेल सोमबार देखि सुरु भएर आज मंगलबार क्वाटरफाइनलको समीकरण पूरा भएका हुन। सेमिफाइनलमा लालझाडी गाउँपालिका वडा नं.५ , कृष्णपुर नगरपालिका वडा नं.९,कृष्णपुर नगरपालिका वडा नं.३ र कृष्णपुर नगरपालिका वडा नं.२ आयोजक रातोले यात्रा सुरक्षीत गरेका छन् । भने भोलि सेमिफाइनलका दुई खेल प्रतियोगिताको पाचौं दिन बुधबार हुने छन् । पहिलो सेमिफाइनल खेल समूह ए अन्तर्गत कृष्णपु नगरपालिका वडा नं.०९ र लालझाडी गाउँपालिका वडा नं.०५ बिच दिउँसो १२:०० बजे र दोस्रो सेमिफाइनलको खेल कृष्णपुर नगरपालिका वडा नं.०३ र आयोजक रातो कृष्णपुर नगरपालिका वडा नं.२ बिच दिउँसो २:०० बजे प्रतिस्पर्धात्मक खेल हुने छन् । उक्त खेल दुबै खेलमा जित निकाल्ने टिम प्रतियोगिताको फाइनल प्रवेश गर्ने छन् ।
प्रतियोगितामा कृष्णपुर नगरपालिका ९ वडाकै टिम र बाँकी छिमेकी पालिकाका टिम गरेर १४ टिम को सहभागि रहेको आयोजकले बताएको छ । खेल नक आउट आधारमा खेलाइने र प्रतियोगिता विजेता टिमलाई नगद ७५ र उपविजेतालाई ४१ हजार नगद सहित ट्रफि,मेडल प्रमाण पत्र हात पार्ने छन् । प्रतियोगिता मंसिर ३० देखि पुस ६ गते सम्म संचालन हुने छ। भने प्रतियोगिताको फाइनल खेल पुस ६ गते दिउँसो १ बजे हुने छ।







