कञ्चनपुर: जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. २ मा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिताको चौथो दिन आज क्वाटरफाइनलका तीन खेल हुने छन् ।

कृष्णपुर नगरपालिका २ नम्बर वडाको आयोजनामा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिता ‘हाम्रो गोल लागु औषध बिरुद्धको गोल’ भन्ने मुल नाराका साथ मछेली खेलमैदानमा सञ्चालन प्रतियोगिताको चौथो दिन मंगलबार आज तीन खेल क्वाटरफाइनलका हुने आयोजकले बताएको छ।

प्रतियोगिताका क्वाटरफाइनलका खेल सोमबार देखि सुरु भएका हुन। सेमिफाइनलमा लालझाडी गाउँपालिका वडा नं.५ ले स्थान सुरक्षीत गरेको छ । भने क्वाटरफाइनलका तीन खेल आज प्रतियोगिताको चौथो दिन मंगलबार हुने छन् ।

जसमा पहिलो खेल आयोजक निलो कृष्णपुर नगरपालिका – २ र कृष्णपुर नगरपालिका वडा नं.९ बिच बिहान ११:३०, दोस्रो खेल कृष्णपुर नगरपालिका वडा नं.७ र कृष्णपुर नगरपालिका वडा नं.३ बिच दिउँसो १:०० बजे र क्वाटरफाइनल अर्थात आजको अन्तिम खेल शुक्लाफाँटा नगरपालिका वडा नं.०९ र आयोजक कृष्णपुर नगरपालिका वडा नं.२ बिच दिउँसो ३: ०० बजे प्रतिस्पर्धात्मक खेल हुने छ।
प्रतियोगितामा कृष्णपुर नगरपालिका ९ वडाकै टिम र बाँकी छिमेकी पालिकाका टिम गरेर १४ टिम को सहभागि रहेको आयोजकले बताएको छ । खेल नक आउट आधारमा खेलाइने र प्रतियोगिता विजेता टिमलाई नगद ७५ र उपविजेतालाई ४१ हजार नगद सहित ट्रफि,मेडल प्रमाण पत्र हात पार्ने छन् । प्रतियोगिता मंसिर ३० देखि पुस ६ गते सम्म संचालन हुने छ। भने प्रतियोगिताको फाइनल खेल पुस ६ गते दिउँसो १ बजे हुने छ।






