कञ्चनपुर : नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले भुकम्पपीडिका लागि राहत संकलन गरिरहेको छ । नेवि संघ कञ्चनपुरले भूकम्पपीडितका लागि राहत संकलन गरिरहेको हो । नेवि संघ कञ्चनपुरका अध्यक्ष नरेश पण्डितले भुकम्पपीडितका लागि राहत संकलन भईरहेको बताए ।

नेवि संघ अध्यक्ष पण्डितले गत कार्तिकमा जाजरकोट र रुकुमका गएको भुकम्पबाट पीडित भएका विद्यार्थीलाई सहयोगका लागि राहत संकलन गरिरहेको बताए । उनका अनुसार जिल्लाका विभिन्न शैक्षिक सहितका संघ संस्थाहरुबाट संकलन भएको नगद तथा जिन्सी समान प्रशासन वा उतै गएर हस्तानन्तरण गरिने बताए ।











