शिवशिखर बहुउदेश्यीय सहकारी संस्थाका बचतकर्ता संघर्ष समितिको संयोजकमा लम्साल

कञ्चनपु्र :  शिवशिखर बहुउदेश्यीय सहकारी संस्थाका बचतकर्ताहरुले संघर्ष समिति गठन गरेका छन । केन्द्रीय कार्यालय भक्तपुर सहित देशैभरीका शाखाहरुमा बचत गरेका बचतकर्ताहरुले बचत फिर्ताका लागि संघर्ष समिति गठन गरेका हुन । शनिबार काठमाण्डौँमा भेला गरेर सुदूरपश्चिमका बचतकर्ता लोकेन्द्र लम्सालको संयोजकत्वमा संघर्ष समिति गठन गरेका छन । बरिष्ठ सह संयोजक कर्णल महेन्द्र महर्जन, सह संयोजक शुभाषचन्द्र भट्ट, गणेश थापा, सागर भण्डारी, खेमराज सापकोटा, बद्रीनाथ पोखरेल, सचिव गणेश मल्ल, कोषाध्यक्ष चक्रमान श्रेष्ठ, सुचना सदस्य सुगमन नेपाली, सदस्यहरु बेद प्रकास महरा, केशव खत्री, तारा कुँवर, छविलाल बस्नेत, तुल्सीरनाम कोजु र सल्लाहकार बिमल साउद, कमला जोशी, सुन्दर बानिया रहेका छन ।

शिवशिखर बहुउदेश्यीय सहकारीका बचतकर्ता संघर्ष समितिका संयोजक लोकेन्द्र लम्सालले सहकारीका संचालकहरुको सम्पत्ती जफत गरेर, सहकारीको अन्य कम्पनीमा लगानी झिकाएरै भएपनि बचतकर्ताहरुको रकम फिर्ता गराउन सरकारसंग पैरवी गर्ने बताए । संयोजक लम्सालले देशैभरीका बचतकर्ताहरुको बचत रकम फिर्ता गराएर न्याय दिलाउन दवावमुलक कार्यक्तम गर्ने बताए । गत मंसिरमा शिवशिखर सहकारीका अध्यक्ष एव संचालक (श्रीमान–श्रीमती) केदारनाथ शर्मा गिता शर्मा सहितका पुष्कर मल्ल, अमिसराज भण्डारीमाथि अनुुसन्धान भईरहेको बुझिन्छ । कञ्चनपुरका झण्डै साढे तीन हजार बढि बचतकर्ताहरुले ३२ करोड बचत गरेको जनाएका छन ।

ताजा समाचार

spot_img