दोधारा चाँदनीमा नगर उपप्रमुख छात्रा भलिवल प्रतियोगिता सुरु, एघार बिद्यालय सहभागी


दोधारा । दोधारा चाँदनी नगरपालिकामा नगर उपप्रमुख छात्रा भलिवल प्रतियोगिता सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी उच्च माबिको खेलमैदानमा आज बिधिवतरुपमा नगर उपप्रमुख छात्रा रनिङ्ग भलिवल प्रतियोगिता– २०८० को समउद्धघाटन गरिएको हो । नगर खेलकुद बिकास समिति दोधारा चाँदनीको आयोजनामा संचालन गरिएको प्रतियोगिता उद्धघाटन सत्रमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, नगर उपप्रमुख गंगा देबी जोशी, नगर खेलकुद बिकास समितिका पाधिकारी, बिद्यालयका शिक्षक, बिद्यार्थी, वडाध्यक्ष तथा सुरक्षा अधिकारीहरुको बाक्लो उपस्थिती रहेको थियो । छात्राहरुलाई खेल प्रति आकर्षण बढाउन तथा खेलबाट नगरको पहिचान बनाउन प्रतियोगिताको उद्धेश्य रहेको बताईएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अन्तर्गत बिद्यालयमा अध्यनरत माबि स्तरका छात्राहरुको लागी भलिवल प्रतियोगिता संचालन गरिएको नगर खेलकुद बिकास समितिले जनाएको छ् । प्रतियोगितामा नगर क्षेत्रका सामुदायिक तथा संस्थागत गरि ११ माध्यमिक तहका बिद्यालयहरु सहभागी रहेका छन् ।

आजको उद्धघाटन सत्रको पहिलो खेल ओंम पुष्पाञ्जली र भानु माबि बिच र दोस्रो खेल नोवेल एकेडेमी र जनज्योती माबि बिच भएको थियो । ६ दिन सम्म चल्ने भनिएको प्रतियोगितामा प्रथम हुने बिद्यालयलाई नगद धनरासी रु. १८ हजार ७ सय ५० रुपिँया, द्धितिय हुनेलाई नगद रकम रु. १२ हजार ५ सय र तृतिय हुने बिद्यालयलाई नगद रु. ६ हजार २ सय ५० रुपिँया तथा शिल्ड, प्रमाण पत्र प्रदान गरिने आयोजक संस्था नगर खेलकुद बिकास समिति दोधारा चाँदनीले जनाएको छ् ।

बिद्यालयमा अध्यनरत छात्राहरुलाई समेत खेल प्रति आकर्षण बढाउन प्रतियोगिता संचालन गर्न लागिएको बताईएको छ । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले आफ्नो वार्षिक कार्यक्रममा महिलाहरुको आर्थिक अवस्था उकास्ने प्रकारका बिभिन्न गतिबिधी संचालन गर्दै आएका छन् ।


ताजा समाचार

spot_img