कञ्चनपुर: जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. २ वडाध्यक्ष फुटबल प्रतियोगिता सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री द्धारा उद्धघाटान गरेको छ।
सनिवार एक कार्यक्रमका बीच कृष्णपुर नगरपालिका २ नम्बर वडाको आयोजनामा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिता
‘हाम्रो गोल लागु औषध बिरुद्धको गोल’ भन्ने मुल नाराका साथ मछेली खेलमैदानमा सञ्चालन भएको छ।
उद्धघाटन कार्यक्रमका सभापति कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन सिंह साउँदको सभापतित्वमा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्री झपड बहादुर साउँद, विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सांसद गिता चौधरी लगायतको उपस्थितिमा प्रतियोगिताको उद्धघाटन गरिएको हो। उद्धघाटन कार्यक्रमको संचालन हेमन्त रानाले गर्नु भएको थियो।
प्रतियोगिताका निर्णायकमा एन्फा रेफ्री चन्द्र सिंह थलाल , भारत महता र आर्यन चन्द रहेका छन् । मुख रेफ्री भरत महता लाई प्रमुख अतिथि सामाजिक विकास मन्त्री साउँदले बल हस्तान्तरण गर्नु भएको थियो।
उद्धघाट्न खेल कृष्णपुर वडा नं २ निलो र कृष्णपुर वडा नं. १ बिच प्रतिस्पर्धा भएको थियो।
रोमाञ्चक उद्धघाटन खेलमा कृष्णपुर वडा नं. २ निलो टिमले ५-० गोलले कृष्णपुर वडा नं. १ लाई हराउदै विजय सुरुवात गरेको छ।
उक्त खेलको म्यान अफ दि म्याच कृष्णपुर वडा नं.२ निलो टिमका मदन बोहरा घोषित भए। उनले आकर्षक ट्रफी हात पारेका छन् । उनले आफ्नो टिमको लागि ह्याटि्रक समेत गरेका हुन।
प्रतियोगिताको दोस्रो दिन तीन खेल हुने छन् । पहिलो खेल कृष्णपुर नगरपालिका वडा नं. ४ र कृष्णपुर नगरपालिका वडा नं. ७ बिच बिहान ११:३० बजे, दोस्रो खेल बेदकोट नगरपालिका वडा नं. १० र कृष्णपुर नगरपालिका वडा नं. ९ बिच दिउँसो १ बजे र उक्त दिनको अन्तिम अर्थात तेस्रो खेल कृष्णपुर नगरपालिका वडा नं.८ र कृष्णपुर नगरपालिका वडा नं. ६ बिच दिउँसो २:३० बजे प्रतिस्पर्धात्मक खेल हुने आयोजकले जानकारी दिएको छ।
उक्त प्रतियोगितामा कृष्णपुर नगरपालिका ९ वडाकै टिम र बाँकी छिमेकी पालिकाका टिम गरेर १४ टिम को सहभागि रहेको आयोजकले बताएको छ । प्रतियोगिता विजेता टिमलाई नगद ७५ र उपविजेतालाई ४१ हजार नगद सहित ट्रफि,मेडल प्रमाण पत्र हात पार्ने छन् । प्रतियोगिता मंसिर ३० देखि पुस ६ गते सम्म संचालन हुने छ। भने प्रतियोगिताको फाइनल खेल पुस ६ गते दिउँसो १ बजे हुने छ।
यस्तो छ खेल तालिका :







