राजमार्गका विद्युत पोल व्यवस्थापन नगरिदा जोखिम बढ्यो


कञ्चनपुर : पूर्व पश्चिम राजमार्ग चौडा गर्ने क्रममा शुक्लाफाँटा नगरपालिका क्षेत्रका विद्युत पोल व्यवस्थापन नगरिदा दुर्घटनाको उच्च जोखिम बढेको छ । राजमार्गको झलारी बजार क्षेत्रमै राखिएको दुई सय केभिएको ट्रान्सफर्मर जमिन भन्दा दुई फिट मात्रै माथि रहेको छ । ट्रान्सफर्मरका तारमा यात्रु, घरपालुवा जनावर, सवारी साधनले छोए मात्रै करेन्ट लागेर दुर्घटना निम्तीने प्रवल संभावना रहेको छ । राजमार्ग चौडा गर्ने क्रममा माटो भरान गरिदा पोलमा राखिएको ट्रान्सफर्मर जमिनमै छोईने अबस्थामा पुगेको भएपनि कुनै पनि निकायले सुरक्षित गर्नका लागि चासो नदेखाएको स्थानिय गणेश बहादुर ऐरले बताउनु भयो ।

“पटक पटक जनप्रतिनिधि र सम्बन्धीत निकायको ध्यानाकृष्ट गर्दा पनि पोल व्यवस्थापन गर्नका लागि कार्य अगाडी बढाईएको छैन” उहाँले भन्नु भयो, “ट्रान्सफर्मरका नाङगो तारमा छोएमा जुनसुकै बेला पनि अपृय घटना घटन सक्छ ।”
पूर्व नगर प्रमुख दिल बहादुर ऐरले सडकमै छोईने गरि टाँगिएका तार, पोल र ट्रान्सफर्मर व्यवस्थापनको कार्य तत्काल गरिनु पर्ने बताउनु भयो । “जनप्रतिनिधि संगै सम्बन्धीत निकायले नगरबासीको सुरक्षालाई ध्यानमा दिदै सडक क्षेत्र सुरक्षित बनाउनु पर्छ” उहाँले भन्नु भयो, “दुर्घटना निम्तीनु अघिनै सडक क्षेत्रलाई सुरक्षित गर्न कार्य अगाडी बढाईनु पर्छ ।”
राजमार्गको बनसमिति देखि कलुवापुर क्षेत्र सम्मका एक दर्जन बढी विद्युतका पोलहरु व्यवस्थीत गर्नु पर्र्ने अबस्थामा रहेको उहाँको भनाई रहेको छ । सडक क्षेत्रमा गाडीएका पोलहरु व्यवस्थापन नगरे करेन्ट लागेर हुने दुर्घटना एका तर्फ छ भने अर्को तर्फ पोलमा सवारी साधन ठोक्किएर हुने दुर्घटनाको जोखिम समेत उत्तिकै रहेको उहाँ बताउनु हुन्छ ।

नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण शाखाका प्रमुख चुटुक कुमार श्रीवास्तवले सडक क्षेत्रमा रहेका विद्युतका पोलहरु सार्ने कार्य सडक डिभिजन कार्यालयको रहेको बताउनु भयो । “सडक डिभिजन कार्यालयलाई बजेटको व्यवस्थापनका लागि भनेका छौं, मानेकै छैन” उहाँले भन्नु भयो, सडक चौडा गर्नु भन्दा पहिलानै हामी संग सम्पर्क गरेको भए योजना राख्न सकिन्थ्यो, सडकले बजेट छुट्टयाएन,पोल सार्ने बजेट हामी संग पनि नहुदा कार्य रोकिएको छ ।” सडक डिभिजन कार्यालय कञ्चनपुरका सुचना अधिकारी तारानाथ सिग्देल सडकको क्षेत्राधिकार ५० मिटर भित्र विद्युतका पोलहरु गाडनै नपाउने नियम रहेको बताउनु हुन्छ । जोखिम भएपछि प्राधिकरणलेनै ट्रान्सफर्मरलाई सुरक्षित गर्ने र पोल सार्ने काम गर्नु पर्ने उहाँको भनाई रहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img