बुढेसकालमा जीविका चलाउन अरुकै भर


राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाको झलारी बजार सडक छेउमा बसेर ८३ वर्षीय मन्दिर सार्कीले तरकारीका विरुवा बेच्दै आउनु भएको छ । विरुवा बेच्ने कार्यमा उहाँ नौ वर्ष देखि संलग्न रहदै आउनु भएको छ ।
सार्कीले काउली, बन्दा, भण्टा, प्याज लगायतका तरकारीका विरुवा बेच्ने कार्य गर्नु हुन्छ । भारतीय व्यापारीले उत्पादन गरेका विरुवा ल्याएर सार्कीले बजार क्षेत्रको सडक छेउ बसेर बिक्री गरिदिनु हुन्छ । विरुवा बिक्री गरेवाफत भारतीय व्यापारीले उहाँलाई दैनिक रु दुई सय पारिश्रमिक वाफत दिने गरेको छ । त्यही दुई सयले उहाँले श्रीमती र आफनो दैनिक खर्च चलाउनु हुन्छ । भारतीयले घरमै बसेको देखेर दया गरी विरुवा बेच्न दिएको उहाँ निकै भावुक हुदै बताउनु हुन्छ । विहानको नौ बजे उहाँ विरुवा बेच्न बजार तर्फ दौडिनु हुन्छ । साँझ सात बजे पछि मात्रै घर फर्किनु हुन्छ । “विरुवा छिट्टै बिक्री भए छिटो घर जान्छु” सार्कीले भन्नु भयो, “बिक्री नभएको दिन ग्राह कुर्दै निकै साँझ अवेर पनि हुन्छ ।”
दैनिक पाउने पैशा बचत गरी धान, गहुँ, चामल, नुन, तेल र लताकपडाको जोहो मिलाउदै आएको सार्की बताउनु हुन्छ ।
“हिउदका बेला तरकारीका विरुवा बिक्री गरेवाफत पाईने पारिश्रमिकले जेनतेन घर खर्च चल्छ” उहाँले भन्नु भयो, “अरु बेला नगरपालिकाबाट पाईने जेष्ठनागरिक भत्ताको रकमले खर्च चलाउने गर्छौ ।” दुवै बुढाबुढी स्वासप्रश्वास सम्बन्धी विरामी भएकाले आधा पैशा यसमै खर्चिने गरेको उहाँ बताउनु हुन्छ ।

सार्कीका दुवै बुढाबुढी कलुवापुर गाउँमा रहेको कच्चि झोपडीमा बस्दै आउनु भएको छ । “डडेल्धुराको चिपुरको पूख्र्यौली घरमा हुदा पनि निकै दुख पाईयो” उहाँले भन्नु भयो, “अरुको हलो जोतेर गुजारा चलाउनु पर्दथ्यो, साँझ विहान खानाको व्यवस्था गर्न निकै सकस थियो ।” हलो जोत्ने कार्य भने बुवा बाजेकै पाला देखि गर्दै आएको उहाँ बताउन हुन्छ ।
तत्कालीन माओवादी जनविद्रोह शुरु भयो । हलो जोत्दै आएको मालिकले माओवादी विद्रोहीको कारवाहीमा पर्ने डरले कामबाट छुटाए ।“बेखचर्चि भएपछि दुई दाजु भाईले सल्लाह गरयौं, आफन्त भएकै ठाउमा तराई झेरर सहज जीवनयापन  गर्न सकिन्छ, त्यही सल्लाह अनुसार डेढ दशक अघि यहाँ आईपुग्या”े उहाँले भन्नु भयो । केही वर्ष काम गरेर दुवै दाजुभाईले पैशा बचत गरी ऐलानी पाँच कठ्ठा जग्गा खरिद गरिएपछि अंशवण्डा गर्दा अढाई कठ्ठा जग्गा भागमा परेको उहाँ सुनाउनु हुन्छ । त्यही जग्गामा तीन छोराले अंश लिएपछि सानो झुपडीमा दुवै बुढाबुढी बस्दै आएका उहाँको भनाई रहेको छ । “छोराहरु छुट्टिएर अलग बस्न थालेपछि बुढाबुढीको सहारा कोही भएनन्” उहाँले भन्नु भयो, “त्यही भएर अरुको तरकारीका विरुवा बेच्ने कार्य गरेर जीविका चलाउन विवस छौं ।” पाहुना लाग्दा भने दुवै बुढावुढीले भोकै बस्नु पर्ने अबस्था पनि कैंयौं दिन आएको दुखेसो उहाँको रहेको छ । “मालिकको घरमा हामीले पनि पुस्तौं देखि हलो जोत्दै आएका हौं” उहाँ भन्नु हुन्छ, “धेरैले जग्गा घर पाउको सुन्छु, आफुलाई बस्नका लागि बनाएको झोपडी चुहिने हुदा कष्टकर जीवन विताउन बाध्य छौं ।”


Loading Viewer...

ताजा समाचार

spot_img