धनगढी : खेलकुद क्षेत्रमा नेपाली फुटबल लाई संरक्षण गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) मा केही महिना देखि मदभेद देखिन थालेको छ।

निरन्तर अखिल नेपाल फुटबल संघ (एन्फा) को पुस २ गते बस्ने कार्यसमितिको बैठकमा एजेन्डा थप गर्न एन्फा केन्द्रिय सदस्य अनिल मल्लले माग गरेका छन् ।

एन्फा कार्यसमिति बैठकमा एजेन्डा थप्न केन्द्रिय सदस्य मल्लले बुधबार एन्फा अध्यक्ष पकंजविक्रम नेम्वाङलाई पत्र लेख्दै चार बुँदा थप गर्न माग गरेका हुन् ।

थप गर्न माग गरेका एजेन्डा यस्ता छन् ।
आर्थिक समिती गठन सम्बन्धमा, स्थायी समितिहरुको नियमावली निर्माण सम्बन्धमा, एन्फा सचिवालय बाट लागु भएका अवैधानिक बिसयहरुका सम्बन्धमा, एन्फा कार्यसंचालन नियमावली, आर्थिक नियमावली, आन्तरिक संगठन नियमावली, प्रतियोगिता नियमावलि र कर्मचारी सेवा सर्त नियमावली पुनः अबलोकन गरि परिमार्जन गर्ने सम्बन्धमा
यसैगरी मल्लले निमनलिखत कागजातहरु कार्यसमिती बैठक मा प्रस्तुत गर्न, सचीवालयमा निर्देशन गरिदिन समेत हार्दिक अनुरोध गरेका छन्:
वर्तमान कार्यसमितीले जिम्मेवारी प्राप्त गरे देखिको स्टोरको इन र आउटको सम्पुर्ण विवरण, कर्मचारीको वर्तमान अवस्था र प्रगति विवरण, एन्फाको पहिलो र दोस्रो ६ महिनाको आन्तरिक लेखा परिक्षण (आन्तरिक अडिट रिपोर्ट), एन्फाअन्तर्गतका टेक्निकल सेन्टरहरुको वर्तमान आर्थिक र व्यवस्थापकिय अवस्था र पछिल्लो वर्षको अडिट रिपोर्ट, एन्फाले प्राप्त गर्नुपर्ने पेस्की र सामाग्री फर्म्याटको पूर्ण विवरण ।






